दमकमा सक्रिय पत्रकार सञ्जालको कार्यालय उद्घाटन

 लिम्बुवान न्युज
                       


दमक, ३१ जेठ । नवगठित सक्रिय पत्रकार सञ्जालले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार दमक–८ मा नगरप्रमुख रामकुमार थापाले कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको समृद्धि र विकासमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने चर्चा गरे । स्थानीय सञ्चार क्षेत्रलाई नगरपालिकाले यथासक्दो सहयोग पुराउने भन्दै उनले आगामी नीति तथा कार्यक्रमसहितको वजेटले पनि सञ्चार क्षेत्रलाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै नगर उपप्रमुख रेगीना भट्टराई प्रसाईले पत्रकारहरुको पेशागत र सुरक्षाका सवालमा स्थानीय सरकारले सहयोग पुरयाउँने स्पष्ट पारिन् ।
सञ्जालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा तथा सञ्जालका उपाध्यक्ष अनिल देव राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्र्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, प्रेस संगठनका नेता डण्डीराज घिमिरे, गौरादह पत्रकार मञ्चका अध्यक्ष सुदिप अधिकारी लगायतले बोलेका थिए । उनीहरुले सञ्चार क्षेत्रको व्यवसायिक बृद्धिविकासमा नवगठित पत्रकार सञ्जालले काम गर्ने शुभकामना दिएका थिए ।
उद्घाटन कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य बिष्णु सुब्बा, महासंघ झापाका सचिव डिकेश लामा, दमक उद्योग वाणिज्य संघका सदस्य चन्द्र खत्री, नेविसंघ नगर सभापति बिशाल अधिकारी, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक लगायत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...