पंकजविक्रम नेम्बाङ् एन्फा अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       


झापा, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन् । मंगलबार भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ् अध्यक्षमा विजयी भएका हुन् ।

नेम्बाङ्ले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएका हुन् । मंगलबार सम्पन्न चुनावमा ८४ भोट खसेको थियो । सो मध्ये नेम्बाङ्ले ४५ भोट पाएका थिए भने शेर्पाले ३९ मत ल्याएका थिए ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा थिए तर उनले एक भोट पनि ल्याएनन् । नेम्बाङले यसअघि वरिष्ठ उपाध्यक्ष रहेर काम गरिरहेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;