दमक नगरको नीति तथा कार्यक्रम सार्वजनिकः कार्यक्रममा १ अर्व ६३ करोडको नयाँ बजेट पेश

 लिम्बुवान न्युज
                       


दमक, १० असार । दमक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अधिकांश कार्यक्रम यस अघीकै सरकारले ल्याएको हो ।
घोषित नीति तथा कार्यक्रमको पहिलो बुँदामा दमकका भूमिहिन तथा सुकुम्बासीका बारेमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ०७८÷७९ सम्ममा दमक वडा नं. १ र ७ मा ३८ वटा विपन्न नमुना घर निर्माण गरी बसोबास गराई सकिएको त्यसैगरी आवास कार्यक्रम अन्तर्गत दमक वडा नं. ३ मा ३३ विपन्न परिवारलाई संघीय र प्रदेश सरकार तथा दमक नगरपालिकाको साझेदारीमा व्यवस्थित घर निर्माण गरी बसोबास गराई सकिएको उल्लेख गरेको छ । आगामी आर्थिक बर्ष ०७९/0८० मा पनि सो कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
बार्षिक नीति अनुसार यस बर्ष १ हजार विप्पन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गराउने गरिको कार्यक्रम पनि सार्वजनिक गरेको छ । ‘‘अति विपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि ‘‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरकी उप प्रमुख रेगिना भट्टराईले जानकारी गराउनु भयो ।
विप्पन्नताका लागि आर्थिक बर्ष ०७९/0८० मा गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने पनि कार्यक्रममा समेटिएको छ ।
कार्ड मार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । जस अन्तर्गत क्रमशःसबै अति विपन्न परिवारहरु समेटिने लक्ष लिइएको छ ।
नगरपालिकाले विप्पन्नताकालागि सहुलियत पसलको व्यवस्था पनि गर्ने निति लिएको छ । ‘कम्तीमा ३०० अति विपन्न परिवार छनौट गरी परिवार संख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु चामल÷पिठो, दाल, नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाटसञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख भट्टराईले बताइन् ।

निति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

daak-niti-tatha-karyakram-2079-80

१ अर्व ६३ करोडको नयाँ बजेट

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० बजेट पनि नगरसभामा पेष गरेको छ । बजेट तर्जुमा समिति संयोजक तथा उप–प्रमुख रेगिना भट्टराईले सभामा बजेट पेस गरिन् । उनले पेश गरेको बजेटमा ८३ करोड ३३ लाख ६० हजार अर्थात कुल बजेटको ५१ प्रतिशित बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैँया अर्थात कुल बजेटको ४९ प्रतिशत पुँजिगत खर्चकालागि छुट्ट्याइएको छ ।
बजेटको श्रोतबारेमा पनि नगरसभामा उहाँले जानकारी गराउनु भयो । उनले पेश गरेका बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैँँया, प्रदेश सरकारको सवारी साधनकर बाँडफाटबाट ७० लाख ९९ हजार रुपैँया, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागीताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उप–प्रमुख भट्टराईले सभामा पेस गरेकि छिन् ।
बजेटले नगरपालिकाको सुशासन, आर्थिक समृद्धि, लैङ्गीक समानता, समावेशिकरण, न्यायपूर्ण, सन्तुलित र दिगो पूर्वाधार विकासको परिकल्पना गरिएको दावि गरिएको छ ।
प्रस्तुत, नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गतेसम्ममा नगर प्रमुखलाई सुझाव पेस गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगरप्रमुख राम कुमार थापाले बताएका छन् ।

बजेटको पूर्ण पाठ यहाँ पढ्नुहोस ।

damak-budget-2079-80

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...