माङ्सेबुङमा बलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       


मिक्लाजुङ, १२ असार । पाँचथर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारबाट दमक तर्फ जार्दै गरेको बलेरो दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ईलामको माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा बलेरो दुर्घटना भएको हो ।

दुर्घटनाबाट मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।

मध्यान्ह १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं. को बलेरो गाडी सडकबाट २०० मिटर तल झरी दुर्घटना भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परी हिम प्रसाद र प्रकाशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बलेरो चालक फरार रहेकाले खोजी कार्य तिब्र पारि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...