माङसेबुङमा फिचर लेखन तालिम प्रारम्भ

 लिम्बुवान न्युज
                       

माङसेबुङ/ इलामको माङसेबुङमा आइतबारदेखि पत्रकारितामा फिचर लेखन तालिमको प्रारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले दीप प्रज्जलन गरि तालिमको प्रारम्भ गर्नुभएको हो ।

५ दिने पत्रकारितामा फिचर लेखन तालिममा सहजकर्ता सञ्चारकर्मीद्वय आङबुहाङ अबोध अविरल र कमन देवान रहनुभएको आयोजकले जनाएको छ ।

सो तालिममा माङसेबुङ गाउँपालिकाको हरेक वडाबाट १ जनाको दरले प्रशिक्षार्थी सहभागिता गराउन वडाहरुलाई परिपत्र गरिए पनि प्रतिकूल मौसमका कारण सबै वडाबाट सहभागिता हुन नसकेको उद्घाटन कार्यक्रमका अध्यक्ष ज्ञानु केदेमले बताए । उनले भने, ” सोमबार विहान पनि केही वडाबाट प्रशिक्षार्थी थपिने कुरा भइरहेको छ ।”

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राई, अतिथि समाजसेवी धड्कन सङबाङफे लगायतले शुभकामना मन्तव्य राखेका थिए । माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि. द्वारा प्रकाशित माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रमुख सम्वाददाता सङसेमी माङयुङले राखेका थिए । भने कार्यक्रम सञ्चालन सह सम्पादक काकीराम लाओतीले गरेको थियो ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित ५ दिने तालिम माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि. ले आयोजना गरेको हो । श्री सरस्वती मा.वि. मा आइतबार शुरु भइ आगामी असार १६ गतेसम्म सञ्चालित फिचर लेखन तालिममा १८ जनाले प्रशिक्षण लिइरहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...