माङसेबुङमा पत्रकारितामा फिचर लेखन तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, १६ असार । इलामको माङसेबुङमा गत आइतबारदेखि जारी ‘पत्रकारितामा फिचर लेखन तालिम’ बुधबार सम्पन्न भएको छ ।
फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान र स्थानीय अग्रज सञ्चारकर्मी अवोध अविरलले सहजीकरण गरेको तालिममा आधारभूत समाचार लखेनको प्रयोगात्मक अभ्याससहित फिचर लेखन बारे सैद्धान्तिक ज्ञान दिने र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

माङसेबुङका ६ वटै वडाबाट सहभागी डाकिए पनि निरन्तर वर्षाका कारण यातायातका साधन चल्न नसक्दा वडा नम्बर ३ र ५ का मात्रै तालिममा सहभागी थिए । जसमा ५ महिलासहित १२ जनाको सहभागिता रहेको थियो ।

माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि.को आयोजना र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुमले दीप प्रज्वलन गरी तालिमको समापन कार्यक्रमलाई औपचािरकता दिएका थिए । कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय उपाध्यक्ष होम लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दूधबहादुर लावती, प्रशिक्षक देवान र प्रशिक्षार्थीको तर्फबाट योगेश लावतीले बोलेका थिए ।

कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष खगेन याक्खा, फाल्गुनन्द बोर्डिङ स्कूलका प्रिन्सिपल जलन आङबुहाङ, किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका व्यावस्थापन समिति अध्यक्ष मदन इङनाम लगायको उपस्थिति रहेको थियो ।

पब्लिकेशनबाट प्रकाशित माङसेबुङ मासिकका कार्यकारी सम्पादक केदेमको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा सह सम्पादक काकीराम लावतीको सञ्चालन रहेको थियो भने स्वागत माङसेबुङ मासिकका फोटो पत्रकार प्रवीण सेलिङले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...