दमकमा ३ दिने कौसी खेती तालिम सुरू

 लिम्बुवान न्युज
                       

दमक, १९ असार । दमक नगरपालिकाको वातावरण समितिको आयोजनामा आइतबारबाट ३ दिने कौसी खेती तालिम सुरु भएको छ ।
नरपालिकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको वातावरण समिति संयोजक एवम् दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले बताए ।

तालिममा नगरका विभिन्न टोलहरुबाट सहभागी रहेका बताइएको छ । तालिम उद्घाटनमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंलगायतले बोलेका थिए ।

वक्ताहरुले सानो ठाउँमै पनि मेहनत गरेर तरकारी उत्पादन गर्दा घर परिवारका लागि तरकारी किन्न नपर्ने, विषाधिरहित तरकारी खान पाइने र घरको फोहर मैला व्यवस्थापनमा पनि मद्दत पुग्ने बताएका थिए । दमक नगरपालिकाको आर्थिक लगानीमा आयोजित ३ दिने तालिमलाई रामकुमार राईले सहजीकरण गर्दैछन् ।

सहभागीहरुलाई घरमै उत्पादन भएको फोहरबाट मल बनाउने र घरेलु विषादी तयार गर्ने उपकरणहरु पनि प्रदान गरिने नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...