तेह्रथुम जिल्ला लिम्बुवान, किरात संयुक्त संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       

मेयङलुङ, ३० असार / प्रदेश १ को नामकरण पेचिलो बन्दै गर्दा प्रदेश को १४ जिल्लामा जिल्ला स्तरीय लिम्बुवान, किरात संयुक्त संघर्ष समितिहरु धमाधम गठन भैरहेका छन् ।

किरात याक्थुङ चुम्लुङको समन्वयमा भइरहेको विभिन्न पहिचान चाहाने राजनीति दल नागरिक समाज, आम बुद्विजिवी, पत्रकार, जातीय सामाजिक संघसंस्था लगायतको एकीकृत मोर्चा प्रदेश १ को नामकरण पहिचानको आधारमा लिम्बुवान किरात लेखाउने उद्देश्यले गठन भइरहेका छन् ।

यसैगरी आज तेह्रथुमको मेयङलुङमा समेत लिम्बुवान किरात संघर्ष समिति गठन भएको हो । विभिन्न राजनीति दल, पत्रकार, जनजाति अगुवाहरुको भेलाले किरात याक्थुङ चुम्लुङ्का तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङको संयोजकत्वमा ४५ सदस्यीय संघर्ष समिति गठन भएको हो ।

समिति सदस्यहरुमा टीका खवाहाङ लिम्बुवान राष्ट्रिय मुक्ति मो., देवी नारायण सम्बाहाङ्फे संलिम नेपाल, कृष्ण कटुवाल जसपा, राम तुम्बाहाङ्फे नेकपा एस, घनस्याम सावादेन जनमुक्ति पार्टी, झमक खापुङ लोकतान्त्रिक लिम्बू संघ, दिल ब सोदेम्बा लोसपा, रेवत सावादेन किधसाउ संघ, लाल कुमार पंयाङ्गु युमा साम्यो, बलदेव तुम्बाहाङ्फे आज महासंघ, ठाकुर सेने आज पत्रकार महासंघ, बिरेन्द्र पंयाङ्गु लिम्बू पत्रकार संघ, चन्द्र सिङ्घक पोमाथाफे, नारायण मान गुरुङ तमुह्वील छो धी, निरु सेर्पा सेर्पा संघ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा स्याम थाम्देन, भिमराज थेगुवा, प्रेम कुमार सोदेम्बा, सुविन्द्र कुमार थेगुवा, स्वयम् सिङ्जाङ्गो, मान ब तुम्बाहाङ्फे, मन कुमार तुम्खेवा, देवि आङ्बुङ, विर्खनारायण तुम्बाहाङ्फे, राम थेगुवा, लोक ब सिङघक, लोक ब सम्बाहाङ्फे, गणेश लिम्बू सिंजागु, दिपक सोदेम्बा, हर्क राज सम्बाहाङ्फे लगायत रहेका छन् ।

उक्त समितिले आगामी असार ३२ गते सदरमुकाममा व्यापक कोणसभा गर्ने र संघर्ष समितिको श्रावण ५ गते बिराटनगरमा हुने बृहत जनप्रदर्शनमा तेह्रथुमबाट व्यापक सहभागी हुने निर्णय समेत गरेको छ ।

मोरङमा डम्बर कुरुम्बाङकाे संयोजकत्वमा समिति गठन

मोरङ सिरीजंगा सामुदायिक बनको सभाहलमा भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको भेलाले डम्बर कुरुम्बाङ लिम्बुको संयोजत्वमा संघर्ष समिति गठन भएको छ । समितिको सदस्यहरुमा चन्द्र पालुङवा, प्रवेश मिभक, ललित बहादुर लिम्बु, प्रेम पयाङ्गु, सन्तोष हुक्पा चोङबाङ, कृष्ण मेन्याङबो, खगेन्द्र थलङ, छत्र चेम्जोङ, नर बहादुर तुम्बाहाङफे, कुमार सुब्बा, मौसम लिम्बु, गंगा साँबा, भवानी लिम्ुब, जीवन खेवा, विशाल तिरुवा र मातृका धिमाल लगायत रहेका छन् ।

यसैगरी ताप्लेजुङ जिल्लामा समेत समिति गठन भएको खबर प्राप्त भएको छ । संघर्ष समितिले नौ जिल्लामा जिल्ला स्तरीय संघर्ष समिति गठन गरेर आगामी साउन ५ गतेको विराटनगर जनप्रदर्शनलाई भव्य बनाउने तयारी शुरु गरेको जनाएको छ ।

 

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...