मोरङमा बाङगाई कमाण्ड गठन

 लिम्बुवान न्युज
                       


पथरी, १५ साउन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले मोरङमा कमाण्ड गठन गरेको छ । मोरङको पथरीस्थित सिरिजंगा धार्मिक बनको परिसरमा शनिबार बाङगाई कमाण्ड अन्तर्गत पथरी फिल्ड कमाण्ड गठन गरेको हो ।

मञ्चका प्रान्तीय उपाध्यक्ष तथा एल.भी.का केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कमाण्ड गठन कार्यक्रमबाट चन्द्र लिम्बु र तारा गुरुङलाई फिल्ड कमाण्डरको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी १० जना प्राइमरी कमाण्डरहरुमा जच्च लिम्बु, अशिस महतो, नरेश राई, जीतेन राई, श्रुवहाङ राई, शन्दिप राई, धन बहादुर लिम्बु, विक्रम ठकुरी र पवन तामाङले जिम्मेवारी पाएका छन् ।

यसैगरी सेल कमाण्डरहरुमा सोनाम तामाङ, निशान माझी, विनोद मगर, वृखहाङ राई, रेशम राई, सुमन तामाङ र इन्सान धिमाललाई नियुक्त गरिएको एल.भी. केन्द्रीय सहकमाण्डर तथा प्रशिक्षण विभाग प्रमुख प्रान्तीय सचिवालय सदस्य गणेश मिभकले बताए ।

कार्यक्रम मञ्चका संघीय सदस्य शशी लिम्बु, एल.भी. उपकमाण्डर राजु लिम्बु, मेण्डल लिम्बु, मञ्चका माेरङ अर्थसचिव जित बहादुर लावती, पथरी नगरका अध्यक्ष छत्र कुरुम्फङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे सभाध्यक्ष एलभी केन्द्रीय उपकमाण्डर तथा वाङगाइ कमाण्डका कमाण्डर दिनेश खालिङ राइले गरेका थिए भने संचालन एलभी उपकमाण्डर राजु लिम्बुले गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...