फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत

 लिम्बुवान न्युज
                       

विर्तामोड २७ साउन /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा (फोनिज) को २३ औं स्थापना दिवस डिकमान सुनुवार बिरही स्मृति बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तथा उदीयमान पत्रकारिता पुरस्कार वितरण तथा १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

फोनिज संघीय उपाध्यक्ष कमन देवानले कंचनजंघा एफएममा कार्यरत पत्रकार भीमा सिवाकोटीलाई नगद २५ हजार रुपैंयाँ राशी सहित ताम्रपत्र प्रदान गरेको छ । २०६६ सालमा स्थापना भएको डिकमान बिरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यस अघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ ,माधव बिद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भएका छन् ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्बाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा बेघा लिम्बूलाई जनही पाँच/पाँच हजार रुपैंयाँ राशी वराबरको नवोदित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । फोनिजमा योगदान गर्ने अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्धेश्यले सम्मान गरिएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाकले वताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा सचिव डिकेश लामा, फोनिज झापा संस्थापक अध्यक्ष दिपिन राई, नारी संचार गृह झापा रोजिना गौतम, नेपाल प्रेस युनियन सभापति इन्दु पुर्बेली, प्रेस चौतारी झापा अध्यक्ष मन कुमार गदाल, सम्मानितको तर्फबाट भिमा सिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षता, स्वागत मन्तव्य उपाध्यक्ष सविना राईले राखेकी थिइन भने संचालन सचिव तिलक योञ्जन तामाङ्ले गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...