फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत

 लिम्बुवान न्युज
                       

विर्तामोड २७ साउन /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा (फोनिज) को २३ औं स्थापना दिवस डिकमान सुनुवार बिरही स्मृति बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तथा उदीयमान पत्रकारिता पुरस्कार वितरण तथा १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

फोनिज संघीय उपाध्यक्ष कमन देवानले कंचनजंघा एफएममा कार्यरत पत्रकार भीमा सिवाकोटीलाई नगद २५ हजार रुपैंयाँ राशी सहित ताम्रपत्र प्रदान गरेको छ । २०६६ सालमा स्थापना भएको डिकमान बिरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यस अघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ ,माधव बिद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भएका छन् ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्बाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा बेघा लिम्बूलाई जनही पाँच/पाँच हजार रुपैंयाँ राशी वराबरको नवोदित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । फोनिजमा योगदान गर्ने अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्धेश्यले सम्मान गरिएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाकले वताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा सचिव डिकेश लामा, फोनिज झापा संस्थापक अध्यक्ष दिपिन राई, नारी संचार गृह झापा रोजिना गौतम, नेपाल प्रेस युनियन सभापति इन्दु पुर्बेली, प्रेस चौतारी झापा अध्यक्ष मन कुमार गदाल, सम्मानितको तर्फबाट भिमा सिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षता, स्वागत मन्तव्य उपाध्यक्ष सविना राईले राखेकी थिइन भने संचालन सचिव तिलक योञ्जन तामाङ्ले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...