च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा

 लिम्बुवान न्युज
                       

कियाचु लिम्बू साँस्कृतिक परिषदको पहलमा च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा पुगेकाे छ । फेदाप इसेबुङ तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ ।

किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद इसेबुङको अगुवाइमा साविक इसिबु ३ मा निर्माण भइरहेको उक्त स्तम्भ र संग्रहालयको आगामी चासोक तङनामको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ह्यात्रुङ झरनाको आकर्षण संगै यो च्याब्रुङ स्तम्भले इसेबुङमा पर्यटकीय आकर्षणको एउटा इटा थपिएको छ ।

के अर्थात च्याब्रुङ लिम्बुहरुको मौलिक बाजा हो । यो बाजा लिम्बू संस्कृतिको शुभ कार्यहरू बिबाह, घर बसाइ, तथा विभिन्न उत्सवहरुमा नाच्दै बजाउने प्रचलन रहेको छ । इसेबुङ स्थित देश बिदेशमा रहनुभएका समाजसेवी व्यक्तित्वहरुको सहयोगमा निर्माण भइरहेको स्तम्भ र संग्रहालयको अभियान संयोजक चइनध्वज फोम्बोले संयोजन गरिरहनु भएको छ । उहाका अनुसार निर्माण कार्यको सम्पुर्ण लागत रु २० लाख सम्म रहने छ । उक्त रकम संकलन कार्य जारी रहेको फोम्बोले बताउनु भयो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...