दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

 लिम्बुवान न्युज
                       

श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी मानिसहरु सहभागी भएका अनुमान गरिएको छ ।

रथयात्रामा सहभागीहरुलाई दमकको भृकुटी चोकमा भेला भएका स्थानीय जाल्पादेवी किर्तनमण्डली परिवारले भव्य स्वागत गर्दै श्रीकृष्णको आरतीमा सहभागिता जनाएको थियो । सर्वसाधारणले पुष्पबृष्टी गराएर रथयात्रालाई स्वागत गरेका छन ।

भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिन्छ । सर्वसाधारणहरु ठुलो संख्यामा आफनो नियमित कामकाज छोडेर यो यात्रामा सहभागी हुने गर्छन । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...