फाल्गुनन्दका जीवित चेला इङनाम अस्वस्थ्य

 लिम्बुवान न्युज
                       

झापा, ९ भदाैं । जातीय मुक्तिका अग्रणी नेता तथा किरात महागुरु फाल्गुनन्दका एकमात्र जीवित चेला बलिराज इङ्नाम अस्वास्थ भएका छन् ।

उमेरले ९५ वर्ष पार गरेका इङ्नाम दुइ महिनाअघिबाट खाना नरुच्ने, मधुमेह बढेको कारण अस्वास्थ हुन पुगेका हुन् ।

अस्पतालको केही बसाईपछि हाल इङ्नाम आफ्नै निवास अर्जुनधारा ११ सालबारी स्थित स्वास्थ लाभ गर्दै बसेका छन् ।

तेह्रथुमको आठराईबाट २०१८ सालमा झापाको शनिश्चरे आई बसेका इङ्नाम शनिश्चरे गाउँ पञ्चायत समितिका २ कार्यकाल वडाध्यक्ष भएर जनसेवक बने ।

पञ्चायतकालमै बुटन चौधरी हत्याकाण्डसँगै उनलाई पनि छप्काउन आएको बेला बालबाल बचेका इङ्नाम इमान्दार लिडर स्वाभाका थिए ।

कसैसँग नझुक्ने भएको हुँदा २०२८ सालको हत्याकाण्ड बारे उनीसँग प्रशस्तै स्मरण छ । त्यस्तै उनी २०४६ सालको जनआन्दोलनपछि जातीय मुक्ति, राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय जनमुक्ति पार्टीमार्फत जनताको सेवामा अगाडि बढे ।

२ पटक संसदीय निर्वाचनमा समेत जनमुक्ति पार्टीको चुनाव चिन्ह घर लिएर उठ्दा धेरैको साथ पाएको उनी सम्झन्छन् ।

लेखक तथा पत्रकार कुमार भट्टराई बलिराज इङ्नाम घर चिन्हमा उम्मेद्वार हुँदा आफूले पनि पोष्टरिङ गर्न सहयोग गरेको सम्झन्छन् ।

त्यसबेला इङ्नामले विजय हाँसिल गर्न नसके पनि मत भने प्रशस्त प्राप्त गरेका थिए । उनको उपचार पश्चात घरैमा सेवा गर्दै बसेका छोरा वाईबी इङ्नाम भन्छन्, ‘किरात धर्म र जनमुक्ति पार्टीमा बुबाले गरेको योगदान अतुलनीय छ ।’

काटमार हत्या, हिंसा जस्ता कार्यलाई बढवा दिनु नहुने तर्क राख्दै विभिन्न क्षेत्रमा आफ्ना विचार राख्दै हिंडेका बलिराज माङ्सेबुङमा हुने विभिन्न धार्मिक कार्यक्रममा पनि आफ्ना विचार राख्दै आएका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...