
दमक, ११ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च शिवसताक्षी वडा नं. ५ मा नयाँ कार्य समिति गठन भएको छ । शनिबार आयोजित कार्यक्रमले रामकुमार तुम्बापोको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपाध्यक्षमा प्रेम आङदेम्बे, सचिव युविना तुम्रोक, अर्थसचिव देवसरी राजवंशी र सदस्यहरुमा क्रमशः दुरकुमार राई, राजन राई, सतानी ताजपुरीया, सीता शर्मा, हर्क बहादुर देवान रहेका छन् । यसैगरी सल्लाहकारहरुमा मान बहादुर जवेगु, भवानी प्रसाद तुम्बापो चयन भएका छन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा सचिव भक्त मेन्याङ्बो त्यसैगरी अतिथिहरुमा प्रान्तीय सचिवालय सदस्य दिल बहादुर लिम्बु, जिल्ला अध्यक्ष नोगेन राई, जिल्ला सदस्य टेक बहादुर तुम्सा, क्षेत्रीय उपाध्यक्ष अम्बर बहादुर योङहाङ, नगरसदस्य मनकुमार तुम्बापोको उपस्थिति रहेको थियो ।
शिवसताक्षी नगरका अध्यक्ष विचारी लावतीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन दुर्गा चेम्जोङ्ले गरेका थिए भने स्वागत मन्तव्य अम्बर बहादुर योङहाङले गरेका थिए ।