लिम्बुवान मञ्च शिवसताक्षी ५ को अध्यक्षमा रामकुमार तुम्बापो

 लिम्बुवान न्युज
                       


दमक, ११ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च शिवसताक्षी वडा नं. ५ मा नयाँ कार्य समिति गठन भएको छ । शनिबार आयोजित कार्यक्रमले रामकुमार तुम्बापोको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपाध्यक्षमा प्रेम आङदेम्बे, सचिव युविना तुम्रोक, अर्थसचिव देवसरी राजवंशी र सदस्यहरुमा क्रमशः दुरकुमार राई, राजन राई, सतानी ताजपुरीया, सीता शर्मा, हर्क बहादुर देवान रहेका छन् । यसैगरी सल्लाहकारहरुमा मान बहादुर जवेगु, भवानी प्रसाद तुम्बापो चयन भएका छन् ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सचिव भक्त मेन्याङ्बो त्यसैगरी अतिथिहरुमा प्रान्तीय सचिवालय सदस्य दिल बहादुर लिम्बु, जिल्ला अध्यक्ष नोगेन राई, जिल्ला सदस्य टेक बहादुर तुम्सा, क्षेत्रीय उपाध्यक्ष अम्बर बहादुर योङहाङ, नगरसदस्य मनकुमार तुम्बापोको उपस्थिति रहेको थियो ।

शिवसताक्षी नगरका अध्यक्ष विचारी लावतीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन दुर्गा चेम्जोङ्ले गरेका थिए भने स्वागत मन्तव्य अम्बर बहादुर योङहाङले गरेका थिए ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...