लायन्स क्लव अफ झापा दमकद्वारा अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

दमक/ लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्र्तगत झापाको कमल गाँउपालिका वडा नं. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । क्लव कोशाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घर परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो ।

चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चीनि लगायतका दैनिक अत्यआवश्यकीय उपभोग्य सामाग्रिहरु प्रतिपरिवार कम्तिमा पनि १ महिना पुग्ने गरी उपलब्ध गराईएको क्लवका अध्यक्ष अशोककुमार अग्रवालले बताएकाछन् ।

तडकभडक तथा होटलहरुमा गएर जन्मदिन मनाउनेभन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भएपनि जन्मदिन मनाउने सोच अनुसार लायन्स क्लव अफ झापा मार्फत आफुले खाद्यन्न उपलब्ध गराएको साहेवालाले बताएकाछन् ।

खाद्यन्न बितरण कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले दिर्घ रोगी अपाङ्ता भएका अति बिपन्न परिवारलाई लायन्स क्लव मार्फत खाद्यन्न बितरण अभियानको रुपमा चलाउदै आएको पाईएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

लायन्स लिडरहरु अजयकुमार अग्रवाल, दिवस राई, कमल उदास लगायतले जन्मदिनको अवसरमा शुभकामना सहित जन्मदिन यस प्रकारले मनाउने सस्कृतीको विकास लायन्सकर्मीहरुले गर्दै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । स्थानीय सामाजिक अगुवा युवा दिपक खडकाले कार्यक्रमको सहजिकरण गरेका थिए । पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...