क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने

 लिम्बुवान न्युज
                       

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने राईइज किंग राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुति दिँदै ३१ भदौ, दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएको हो ।

सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने कन्सर्ट दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका हुन् । त्यस्तै सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयलाई प्रस्तुतिमा सघाउने छन् । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कन्सर्ट बारे जानकारी दिइएको हो ।

कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थाली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो । पत्रकार सम्मलेनमा बोल्दै विशाल राई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेका उनका दाजु धिरज राईले जानकारी दिए ।

अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी पाएको बताए । मानवीय सेवाका लागि आयोजित कन्सर्टमा कदम थिएटरको संयोजन र सहकार्य रहेको भन्दै सचिव कमन देवानले कन्सर्ट सफल पार्न दमक र आसपासका विभिन्न सामाजिक, शैक्षिक र व्यवसायिक संघसंस्थाहरुसँग अनुरोध गरिने बताए । कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको छ भने विद्यार्थीका लागि २ सय कायम गरिएको आयोजकले जनाएको छ ।

कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको छ भने सपोर्टरमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत छन् । वाईवाई प्यारोसँगको सहकार्य आयोजना गर्न लागिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको छ । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षामा रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...