कमल ७ मा लिम्बुवान मञ्चको वडा समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, ९ असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिका अन्तर्गत वडा नं. ७ मा समिति गठन भएको छ । आइतबार कमलमा आयोजित एक कार्यक्रमले अनुप नेम्बाङ्को अध्यक्षतामा नौं सदस्यीय वडा समिति गठन भएको हो ।

उक्त समितिको उपाध्यक्षमा धनबहादुर सम्बाहाम्फे, सचिवमा रोशन लिम्बु, अर्थसचिवमा सुस्मिता नेम्बाङ चयन भएका छन् भने सदस्यहरुमा सुमन सोदेम्बा, चेतन कुमार लिम्बु, राजेन्द्र केरुङ र दिलीप सम्बाहाम्फेलाई जिम्मेवारी दिईएको छ ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया थापा, सचिव राजु राई, प्रान्तीय सचिवालय सदस्य बलनाथ नाल्बो, कविन्द्र सेर्मा, सुर्य योक्पाङदेन, मनप्रसाद थलङ् लगायत प्रान्तीय नेताहरु, लिम्बुवान भोलेन्टियर्सका कमाण्डरहरु र कमल गाउँपालिकाका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...