चुलाचुली लिम्बुवान अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

 लिम्बुवान न्युज
                       


इलाम, सा.लि./संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्तिराज राई, सचिवमा सीता दर्नाल, सहसचिवमा शिव सेरेङ र अर्थसचिवमा देवी कुमारी देवानलाई चयन गरेको हो छ । यसरी नै समितिको सदस्यहरुमा दुर्गा योङया, घनेन्द्र केरुङ, बुद्ध योङया, अवि फागु, ऋषि थुलुङ, सुरज फागो, तेज बहादुर सम्बाहाम्फे र आइन्द्र लावतीलाई निर्वाचित गरेको छ ।

कार्यक्रम मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता र संघीय महासचिव अशोक चेम्जोङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । यसरी उक्त कार्यक्रममा प्रान्तीय नेताहरु थाङसाङ लावती, दिलकुमार लावती, विष्णुमाया थापा, पूर्ण लावती, दिपक योङहाङ लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...