राष्ट्रिय शहिद माङतोकको १५औं स्मृति दिवस मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, २१ असोज । लिम्बुवान आन्दोलनको क्रममा २०६४ असोज २० गते शहादत्ता प्राप्त गर्नुहुने शहिद राजकुमार आङदेम्बे माङतोकको १५औं स्मृति दिवस मनाइएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमलस्थित सानो केर्खा समाधिस्थलमा झापा, मोरङ र इलाम जिल्ला लगायतबाट उपस्थितभई विहिबार मनाइयो ।

प्रतिष्ठानका उपाध्यक्ष जीत कुमार आङदेम्बेको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ्को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको उक्त कार्यक्रममा लिम्बुवान मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, लिम्बुवान नेता सुर्य योक्पाङदेन र चुलाचुली १ का निर्वाचित वडाध्यक्ष तथा लिम्बुवानका सचिवालय सदस्य पूर्ण लावती धूवले शहिद माङतोकको जिवनी बारे चर्चा गर्नुभएको थियो ।

लिम्बुवान मञ्चका उपाध्यक्ष थाङहाङ लावती, विष्णुमाया थापा, संघीय सहसचिव नन्दु मेन्याङबो, संघीय सचिवालय सदस्य बलनाथ नाल्बो, एविश्चा लाबुङ, लिम्बुवानका नेताहरु कविन्द्र सेर्मा, मनकुमार थलङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डरहरु बसन्त सुब्बा र मण्डेम लिम्बुले विशेष सहजीकरण गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका महासचिव दिलकुमार लावतीले संचालन गरेको थिए ।

उक्त कार्यक्रममा समाथिस्थल पून निर्माणको लागि सुर्य योक्पाङदेनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यहरुमा बसन्त सुब्बा, दिलीप खजुम, शुक्रर लावती (जम्मू) र दुर्गा चेम्जोङ रहेको प्रतिष्ठानका महासचिव लावतीले बताए ।

यसरी नै माङतोकको चुलाचुली १ स्थित निर्मित शालिकमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा खादा अर्पण गर्दै शहिद माङतोकको सम्मान गरिएको छ । उक्त कार्यक्रममा मञ्चका सल्लाहकार विक्रम वनेम लगायत नेताहरुको उपस्थिति रहेको थियो । यसरी नै विहीबार साँझ माङताेककाे शालिकमा दिप प्रज्वलन समेत गरिएकाे थियाे ।

यसैगरी शहिद माङतोकको स्मृतिमा पान्थरको फिदिम, सुनसरीको धरान, ताप्लेजुङ लगायत विभिन्न जिल्लाहरु र काठमाडौं उपत्यका लगायत विभिन्न प्रवासहरुमा समेत १५औं स्मृति दिवस मनाइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...