विशाल राई उपचार सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, असाेज २७ ।  गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ ।

शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको आम्दानी र खर्च विवरण बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो ।

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित राईको उपचार सहयोगार्थ सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिएका थिए ।

दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा भएको कन्सर्टमा सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रममा विशाल राई बचाउ अभियान, थैली इन्टरटेनमेन्टले आयोजना गरेका थिए भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्टको जिम्मा लिएको थियो ।

काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत विशालको उपचारका लागि ३५ लाख बढी खर्च लाग्ने उनका दाजु धिरज राईले जानकारी दिए ।

अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ ।

कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको थियो भने विद्यार्थीका लागि २ सय कायम गरिएको थियो ।

टिकट बिक्रीबाट ३ लाख ५० हजारसहित अन्य दाताहरुबाट गरी ७ लाख ६८ हजार आम्दानी भएको अभियान संयोजक राईले बताए ।

त्यस्तै कलाकार पारिश्रमिक, स्टेज निर्माणलगायत अन्य खर्च गरी ४ लाख ६६ हजार ६ सय खर्च हुन गएको र ३ लाख १ हजार ४ सय बचत हुन पुगेको हो । पत्रकार भेटघाटमा खर्चको आय–व्यय विवरण लिखित रूपमा प्रस्तुत गरिएको थियो ।

कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको थियो भने सहयोगीहरुमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत थिए ।

वाईवाई प्यारोसँगको सहकार्य आयोजना गरिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको थियो । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षामा रहेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...