विशाल राई उपचार सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, असाेज २७ ।  गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ ।

शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको आम्दानी र खर्च विवरण बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो ।

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित राईको उपचार सहयोगार्थ सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिएका थिए ।

दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा भएको कन्सर्टमा सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रममा विशाल राई बचाउ अभियान, थैली इन्टरटेनमेन्टले आयोजना गरेका थिए भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्टको जिम्मा लिएको थियो ।

काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत विशालको उपचारका लागि ३५ लाख बढी खर्च लाग्ने उनका दाजु धिरज राईले जानकारी दिए ।

अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ ।

कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको थियो भने विद्यार्थीका लागि २ सय कायम गरिएको थियो ।

टिकट बिक्रीबाट ३ लाख ५० हजारसहित अन्य दाताहरुबाट गरी ७ लाख ६८ हजार आम्दानी भएको अभियान संयोजक राईले बताए ।

त्यस्तै कलाकार पारिश्रमिक, स्टेज निर्माणलगायत अन्य खर्च गरी ४ लाख ६६ हजार ६ सय खर्च हुन गएको र ३ लाख १ हजार ४ सय बचत हुन पुगेको हो । पत्रकार भेटघाटमा खर्चको आय–व्यय विवरण लिखित रूपमा प्रस्तुत गरिएको थियो ।

कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको थियो भने सहयोगीहरुमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत थिए ।

वाईवाई प्यारोसँगको सहकार्य आयोजना गरिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको थियो । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षामा रहेका थिए ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...