रक्तदानमा १०१ पिन्ट रगत संकलित

 लिम्बुवान न्युज
                       

६७औं प्रहरी दिवसको अवसरमा बिहीबार दमकस्थित इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत जम्मा भएको छ ।

नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा इप्रका दमकले आयोजना गरेको रक्तदानमा ५ महिलासहित १ सय १ जनाले रक्तदान गरेका हुन् ।

प्रहरी दिवसमा आयोजित रक्तदानमा प्रहरीलगायत सामाजिक संघसंस्थाका अगुवासहित मिडियाकर्मीहरुले सहभागिता जनाएको इप्रका दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

प्रनाउ गिरीले दिएको जानकारी अनुसार रक्तदान गर्नेमा ४८ जना इप्रका मातहतका प्रहरी थिए भने अन्य ५३ जना आम नागरिक रहेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...