दमकका रोशनलाई तेक्वान्दोमा स्वर्ण

 लिम्बुवान न्युज
                       

झापा दमक ७ का रोशन मगरले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आइटीएफ तेक्वान्दोको ७१–७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उनले मंगलबारको खेलमा प्रदेश १ लाई स्वर्ण पदक दिलाएका थिए ।

प्रदेश नम्बर १ बाट आइटीएफ तेक्वान्दाको विभागीय टोलीहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहित ७ प्रदेशबाट आइटीएफ तेक्वान्दोको ७१–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका मगरले स्वर्ण जितेका हुन् ।

उनीसँगै सोही दिन प्रदेश १ कै कुसुम राजवंशीले ५५ केजी भन्दा कम तौल समूहबाट स्वर्ण पदक जितेकी थिइन् ।

९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताअन्तर्गत आज अन्तिम दिनेको पदक तालिका अनुसार यो समाचार तयार पार्दासम्म ३३३ इभेन्टको नतिजा अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १ सय ५० स्वर्णसहित ३ सय १४ पदक जितेर शीर्ष स्थानमा छ । आर्मीले ९४ रजत र ७० कास्य पदक जितेको छ ।

यस्तै अर्को विभागी टोली नेपाल पुलिस क्लब ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित कुल १ सय ५८ पदकसहित दोस्रो स्थानमा छ भने अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १ सय ७६ पदक जितेर तेस्रो स्थानमा छ ।

घरेलु टोली गण्डकी प्रदेश २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित कुल १ सय ६ पदकसहित चौथो स्थानमा छ ।

बागमती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित कुल १ सय २३ पदक जितेर पाँचौ स्थानमा छ भने एनआरएनले १० स्वर्ण ८ रजत र ६ कास्यसहित २४ पदक जितेर छैठौं स्थानमा छ ।

९ स्वर्ण २२ रजत र ४४ कास्यसहित कुल ७५ पदक जितेको प्रदेश १ सातौं स्थानमा छ सुदुरपश्चिम प्रदेश ८ स्व्र्ण, ६ रजत र ३३ कास्यसहित ४७ पदक जितेर आठौं स्थानमा छ ।

मधेस प्रदेश ५ स्वर्ण, ८ रजत र २१ कास्यसहित ३४ पदक जितेर नवौं स्थानमा छ भने लुम्बिनीले ४ स्वर्ण, १८ रजत र ३७ कास्यसहति ५९ पदक जितेर १० औं स्थानमा छ ।

पदक तालिकाको अन्तिममा रहेको कर्णाली प्रलदेशले २ स्वर्ण ३ रजत र ११ कास्य पदक जितेको छ ।

९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत समापन आज बिहीबार अपरान्ह हुनेछ । प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

  • १० औं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

यसैबीच आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ ।

दुई वर्षपछि हुने १० औं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गरिने निर्णय भएको हो ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो ।

आज बिहीबार पोखरा रंगशालामा ९ औं राष्ट्रिय खेलकुदको समापन हुँदैछ । समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...