दमकका रोशनलाई तेक्वान्दोमा स्वर्ण

 लिम्बुवान न्युज
                       

झापा दमक ७ का रोशन मगरले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आइटीएफ तेक्वान्दोको ७१–७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उनले मंगलबारको खेलमा प्रदेश १ लाई स्वर्ण पदक दिलाएका थिए ।

प्रदेश नम्बर १ बाट आइटीएफ तेक्वान्दाको विभागीय टोलीहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहित ७ प्रदेशबाट आइटीएफ तेक्वान्दोको ७१–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका मगरले स्वर्ण जितेका हुन् ।

उनीसँगै सोही दिन प्रदेश १ कै कुसुम राजवंशीले ५५ केजी भन्दा कम तौल समूहबाट स्वर्ण पदक जितेकी थिइन् ।

९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताअन्तर्गत आज अन्तिम दिनेको पदक तालिका अनुसार यो समाचार तयार पार्दासम्म ३३३ इभेन्टको नतिजा अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १ सय ५० स्वर्णसहित ३ सय १४ पदक जितेर शीर्ष स्थानमा छ । आर्मीले ९४ रजत र ७० कास्य पदक जितेको छ ।

यस्तै अर्को विभागी टोली नेपाल पुलिस क्लब ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित कुल १ सय ५८ पदकसहित दोस्रो स्थानमा छ भने अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १ सय ७६ पदक जितेर तेस्रो स्थानमा छ ।

घरेलु टोली गण्डकी प्रदेश २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित कुल १ सय ६ पदकसहित चौथो स्थानमा छ ।

बागमती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित कुल १ सय २३ पदक जितेर पाँचौ स्थानमा छ भने एनआरएनले १० स्वर्ण ८ रजत र ६ कास्यसहित २४ पदक जितेर छैठौं स्थानमा छ ।

९ स्वर्ण २२ रजत र ४४ कास्यसहित कुल ७५ पदक जितेको प्रदेश १ सातौं स्थानमा छ सुदुरपश्चिम प्रदेश ८ स्व्र्ण, ६ रजत र ३३ कास्यसहित ४७ पदक जितेर आठौं स्थानमा छ ।

मधेस प्रदेश ५ स्वर्ण, ८ रजत र २१ कास्यसहित ३४ पदक जितेर नवौं स्थानमा छ भने लुम्बिनीले ४ स्वर्ण, १८ रजत र ३७ कास्यसहति ५९ पदक जितेर १० औं स्थानमा छ ।

पदक तालिकाको अन्तिममा रहेको कर्णाली प्रलदेशले २ स्वर्ण ३ रजत र ११ कास्य पदक जितेको छ ।

९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत समापन आज बिहीबार अपरान्ह हुनेछ । प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

  • १० औं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

यसैबीच आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ ।

दुई वर्षपछि हुने १० औं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गरिने निर्णय भएको हो ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो ।

आज बिहीबार पोखरा रंगशालामा ९ औं राष्ट्रिय खेलकुदको समापन हुँदैछ । समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...