सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

,   लिम्बुवान न्युज
                       


इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे सन्दकपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सन्दकपुरको जितमा सुरज राईले दोश्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल गरे । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा सन्दकपुर–१ लाई ४–० गोल अन्तरले हराउँदै जमुनाले समेत सेमीफाइनलमा सुरक्षित गरेको छ ।

जमुनाको जितमा छिरिङ गुरुङले ह्रयाट्रिक गरे । आशिष राईले थप १ गोल गरे । पहिलो हाफको १३ औ मिनेटमा आशिषले जमुनालाई सुरुवाती अग्रता दिलाएका थिए । दोश्रो हाफको छैटौ, २० औ र २५ औ मिनेटमा गोल गर्दै छिरिङले ह्रयाट्रिक पुरा गरे ।

जारी प्रतियोगिताको यो दोश्रो ह्रयाट्रिक हो । यसअघि माबुका अभय धिमालले नयाँबजार एफसी विरुद्ध ह्रयाट्रिक गरेका थिए ।

तेश्रो क्वाटरफाइनल खेलमा युनाइटेड इलाम र सन्दकपुर–३ तथा सन्दकपुर खेल संघ सन्दकपुर–४ माबु र इलाम नगरपालिका–६ बिच प्रतिस्पर्धा हुनेछ । आगामी कार्तिक ६ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;