विश्वकपमा अर्जेन्टिना स्तब्धः साउदी अरेबियामा सार्वजनिक बिदा

,   लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, ७ मंसिर । विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना एसियाली मुलुक साउदी अरेबियासँग स्तब्ध भएको छ । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको थियो ।

शानदार जित हासिल गरेपछि साउदी अरेबियामा आज (बुधबार) सार्वजनिक विदा घोषणा भएको छ । अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले बुधबार सार्वजनिक विदाको घोषणा गरेका हुन् ।

कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै सुरुवाती दश मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा साउदीले शानदार पुनरागमन गरेको थियो ।

साउदी अरेबियालाई अर्जेन्टिनाविरुद्ध पहिलो पटक जित दिलाउन सालेह अल शेहरी र सालेम अल दावसरीले गोल गरेका थिए ।
ऐतिहासिक जितपछि साउदीमा बुधबार सबैखाले कामदारलाई छुट्टी दिइने छ । यस्तै सार्वजनिक र निजी स्कुल बन्द हुनेछन् । विश्वकपमा साउदी अरेबियाले चौथो जित निकाल्दा अर्जेन्टिनाको भने लगातार ३६ खेलमा अपराजित यात्रा टुङ्गिएको छ ।

तीन खेल बराबरीमा टुंगियो

यसैगरी अन्य तीन खेलहरुबाट सबै देशले समान १ अंक जोडेका छन् । कतारमा जारी खेलमा डेनमार्क र ट्युनिसिया बिचको खेल बराबरीमा सकिएको छ । यसरी नै अमेरिका र वेल्सको खेल पनि बराबरीमा सकिदा मेक्सिकोका कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्याण्डसँग अंक बाडेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;