तेह्रथुमकाे छथर आत्मानन्द कपकाे सेमिफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

दमक, १३ मंसिर / छथर गाउँपालिका तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप १५ औं संस्करणको सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा  माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ६–२ को फराकिलो गोल अन्तरलेपराजित गर्दै छथर अन्तिम चारमा पुगेको हो ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा यस अघि नै हाटखोला फुटबलक्लव सुनसरी, जलथल झापा र तिजोग पाँचथरले अन्तिम चारको यात्रा तय  गरिसकेका छन् ।

मंगलबारबाट सेमिफाइनलका खेल सुरु हुनेछ ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङका गरी विभिन्न ८ टीमको सहभागीतारहेको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ ।

आत्मानन्द कप बिगत २ वर्षयता इलाम जिल्लाकै सबैभन्दा ठूलो नगद राशीको फुटबल प्रतियोगिताका रूपमा रहेको छ ।

इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप दुई वर्ष यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो राशीकोप्रतियोगिताका रूपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा सञ्चालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने सचिव सरिता राईले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;