सुनसरीलाई १-० ले हराउँदै पाँचथर फाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज मंगलबार भएको सेमिफाइनल खेलमा एच .एफ .सी सुनसरीलाई १-० गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले फाइनलमा प्रवेश गरेको हो ।

तिजोक क्लबको जितमा रोशन आङ्देम्बेको निर्णयक १ गोलले तिजोक क्लब फाइनलमा पुग्न सफल भयो ।

किरात धर्मगुरु आत्मानन्द सेइङको ६९औं जन्मोत्सवको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि बुधबार छथर गाउँपालिका तेह्रथुम र जलथल फुटबल क्लब झापाबिच  खेल हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । खेलको फाइनल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...