छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेशः फाइनलमा तिजोक पाँचथरसँग भिड्ने

 लिम्बुवान न्युज
                       

दमक, १४ मंसिर । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले फाइनलमा स्थान पक्का बनाएको हो ।

जितसँगै छथर तेह्रथुमले उपाधिकालागि फाइनलमा तिजोक पाँचथरसँग भिड्ने पक्का गरेको छ ।

तेह्रथुमको जितमा मिलन लिम्बूले २ गोल गरे । यस्तै प्रबेश बस्नेतले १ गोल गरे ।

खेलको तेस्रो मिनेटमानै प्रबेशको गोलमा छथर, तेह्रथुमले अग्रता लिए । त्यसपछि मध्यन्तर अघिनै खेलको २२ औं मिनेटमा मिलनले गोल गर्दै २–० को अग्रता दिलाए । यस्तै खेलको दोस्रो हाफमा २३ औं मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै तेह्रथुमलाई ३–० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच छथर तेह्रथुमका प्रबेश बस्नेत घोषित भए ।

कर्ण लिम्बूको कप्तानीमा मैदानमा उत्रेको झापाली टिमले थुप्रै गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल गर्न नसक्दा नतिजा तेह्रथुमलाई सुम्पिन्नु परेको थियो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कपको उपाधिका लागि शनिबार तिजोग फुटबल क्लव, पाँचथर र छथर गाउँपालिका, तेह्रथुमबिच हुनेछ ।

फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...