छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेशः फाइनलमा तिजोक पाँचथरसँग भिड्ने

 लिम्बुवान न्युज
                       

दमक, १४ मंसिर । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले फाइनलमा स्थान पक्का बनाएको हो ।

जितसँगै छथर तेह्रथुमले उपाधिकालागि फाइनलमा तिजोक पाँचथरसँग भिड्ने पक्का गरेको छ ।

तेह्रथुमको जितमा मिलन लिम्बूले २ गोल गरे । यस्तै प्रबेश बस्नेतले १ गोल गरे ।

खेलको तेस्रो मिनेटमानै प्रबेशको गोलमा छथर, तेह्रथुमले अग्रता लिए । त्यसपछि मध्यन्तर अघिनै खेलको २२ औं मिनेटमा मिलनले गोल गर्दै २–० को अग्रता दिलाए । यस्तै खेलको दोस्रो हाफमा २३ औं मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै तेह्रथुमलाई ३–० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच छथर तेह्रथुमका प्रबेश बस्नेत घोषित भए ।

कर्ण लिम्बूको कप्तानीमा मैदानमा उत्रेको झापाली टिमले थुप्रै गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल गर्न नसक्दा नतिजा तेह्रथुमलाई सुम्पिन्नु परेको थियो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कपको उपाधिका लागि शनिबार तिजोग फुटबल क्लव, पाँचथर र छथर गाउँपालिका, तेह्रथुमबिच हुनेछ ।

फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...