एडिबीको सहायतामा रतुवा खाेलामा तटबन्धन

 लिम्बुवान न्युज
                       

दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको भवन छेउ हुँदै उत्तर तर्फ रतुवा खोलाको कटानग्रस्त क्षेत्रमा कटान न्यूनिकरणका लागि एशियाली बिकास बैंकको ऋण सहायतामा तटबन्धन बन्ने भएकाे छ ।

लाेकमार्गबाट उत्तर तर्फ रतुवा खोलाले गरिरहेको कटानलाई न्युनिकरण गर्नको लागि सो तटबन्धन हुने निश्चित भएको सो योजनाका जानकार तथा अगुवाई गरेका माओवादी केन्द्र एक नम्बर प्रदेश कमिटी कोषाध्यक्ष समेत रहेका गगन पुरीले जानकारी दिएका हुन् ।

हरेक बर्षाकाे समयमा बाढीले सताइ रहने भनी स्थानीयको माग बमोजिम त्यहाँको करिब ३५० मिटर लम्बाई तटबन्धनको लागि ठेक्का आव्हान भएको उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । यो कार्यका लागि सडक बिभाग ललितपुरबाट बोलपत्र भै मूल्याकंनको काम भइरहेको पुरीले जानकारी दिए ।

स्थानीयको माग अनुसार सो योजनामा सडक बिभागका महानिर्देशक अर्जुन थापा, दमक सडक डिभिजनका तत्कालिन प्रमुख रमेश पौडेल र आयोजना निर्देशक सुशीलबाबू ढकालको विशेष भुमिका रहेको जनाउँदै पुरीले सामाजिक सञ्जालमार्फतनै सरोकारवाला तथा नियमनकारी निकायप्रति धन्यवाद समेत व्यक्त गरेका छन ।

यो योजना समयमै सम्पन्न हुनसके दमकको पशुहाट आसपासको क्षेत्रमा बर्षेनी हुने रतुवा खोलको कटान र डुवानको समस्या समाधान हुनेमा स्थानीयहरु आशावादी छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...