एडिबीको सहायतामा रतुवा खाेलामा तटबन्धन

 लिम्बुवान न्युज
                       

दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको भवन छेउ हुँदै उत्तर तर्फ रतुवा खोलाको कटानग्रस्त क्षेत्रमा कटान न्यूनिकरणका लागि एशियाली बिकास बैंकको ऋण सहायतामा तटबन्धन बन्ने भएकाे छ ।

लाेकमार्गबाट उत्तर तर्फ रतुवा खोलाले गरिरहेको कटानलाई न्युनिकरण गर्नको लागि सो तटबन्धन हुने निश्चित भएको सो योजनाका जानकार तथा अगुवाई गरेका माओवादी केन्द्र एक नम्बर प्रदेश कमिटी कोषाध्यक्ष समेत रहेका गगन पुरीले जानकारी दिएका हुन् ।

हरेक बर्षाकाे समयमा बाढीले सताइ रहने भनी स्थानीयको माग बमोजिम त्यहाँको करिब ३५० मिटर लम्बाई तटबन्धनको लागि ठेक्का आव्हान भएको उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । यो कार्यका लागि सडक बिभाग ललितपुरबाट बोलपत्र भै मूल्याकंनको काम भइरहेको पुरीले जानकारी दिए ।

स्थानीयको माग अनुसार सो योजनामा सडक बिभागका महानिर्देशक अर्जुन थापा, दमक सडक डिभिजनका तत्कालिन प्रमुख रमेश पौडेल र आयोजना निर्देशक सुशीलबाबू ढकालको विशेष भुमिका रहेको जनाउँदै पुरीले सामाजिक सञ्जालमार्फतनै सरोकारवाला तथा नियमनकारी निकायप्रति धन्यवाद समेत व्यक्त गरेका छन ।

यो योजना समयमै सम्पन्न हुनसके दमकको पशुहाट आसपासको क्षेत्रमा बर्षेनी हुने रतुवा खोलको कटान र डुवानको समस्या समाधान हुनेमा स्थानीयहरु आशावादी छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...