विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान हुन् : उपराष्ट्रपति पुन

 लिम्बुवान न्युज
                       

इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छ ।

इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले त्यस्तो बताएका हुन् ।

उपराष्ट्रपति पुनले नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको दावी गरे । ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो’ उपराष्ट्रपति पुनले भने, ‘यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’

धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि राज्यले समान दृष्टिले हेर्नपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले सबै क्षेत्रको समानुपातिक विकासका लागि नेपाल सरकार र प्रदेश सरकालाई ध्यानाकर्षण समेत गराए ।

उपराष्ट्रपति पुनले धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा रहेको समेत दावी गरे । उनले सदियौंदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म-संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरेका थिए ।

उपराष्ट्रपति पुनले ५ वर्ष पहिले नै आफूलाई गुरुबाट निमन्त्रणा आएको स्मरण गर्दै यसवर्ष आउने अवसर पाएको भन्दै धर्मगुरु लिङदेनलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले वर्तमान धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो र अपुरो कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।

उपराष्ट्रपति पुनले भालुटारमा निर्माण गरिएको धर्मगुरु लिङदेनको प्रतिमाको समेत अनावरण गरे । धर्मगुरु लिङदेनको जीवित अवस्थामा नै पहिलोपटक प्रतिमा स्थापना गरिएको छ ।

उपराष्ट्रपति पनु पहिलोपटक माङसेबुङ आएका हुन् ।

कार्यक्रममा पूर्व संविधानसधा अध्यक्ष सुवासचन्द्र नेम्बाङले धर्मगुरुको आशिर्वादकै कारण आफुले यसपटक पनि निर्वाचन जितेको बताउँदै निर्वाचनका क्रममा जनतामाझ राखेका बाचाहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।

धर्मगुरू लिङ्देनकाे ६९अाैं जन्माेत्सव कार्यक्रममा फूटबल, डाेरी तान्ने, पःलुङ लगायत विभिन्न खेलकुद र विविध सांस्कृतिक कार्यक्रम गरि मनाइदैछ ।  कार्यक्रम एक हप्तासम्म संचालन हुने जनाइएकाे छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...