दमकमा चासाेक तङ्नाम भव्य रूपले सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २२ मंसिर/ किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोत् तङ्नाम ५०८४ को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ ।

विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोत तङ्नाम ५०८४ तथा तेअङ्सी सिरिजङगा सिं थेबेको ३१८औं जन्म जयन्ती कार्यक्रम कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।


कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समिति सदस्य कविन्द्र सेर्मा पापोहाङ लिम्बू, कियाचु दमक १ वडा अध्यक्ष उदयीमान तुम्रोक लगायत दमकवासी बुद्धिजीवी लिम्बूहरुको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम कियाचु दमक नगर समिति अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य कियाचु दमक नगर सहसचिव सुक बहादुर सोदेम्बाले राखेका थिए भने संचालन सचिव चन्द्र कन्दङ्वाले गरेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

;