सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फूटबल क्लबलाई

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ्, १ पुष । तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ । न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सुनाकोटीले उपाधि जितेको हो ।

सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माविको खेलमैदानमा सम्पन्न फाइनल खेलको ७८औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो । लेखी नै फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत १ हजार र ट्रफी हात पारे । उपाधिसंगै सुनाकोटीले १ लाख ५१ हजार रुपैंया सहित कप, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता न्यू स्टारले नगद ८१ हजार रुपैंया प्राप्त ग¥यो। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी न्यू स्टारका सानुका साम्बा घोषित भए । उनले ट्रफीसहित नगद ३ हजार हात पारे । अन्य उत्कृष्ट बनेका सबैले जनही नगद २ हजार हजार रुपैंया सहित ट्रफी प्राप्त गरेको आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ सुनाकोटीका समिर लिम्बू उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर पनि सुनाकोटी कै अनुशरण राई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार चाँहि ताप्लेजुङको खेवाङ स्र्पोटिङ क्लवका आयुष श्रेष्ठले हात पारे । तेल्लोक स्र्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको संयुक्त आयोजनामा मंसिर २५ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

बिजयी क्लव तथा सर्बोत्कृष्ट, उत्कृष्ट र बिधागततर्फ अब्बल देखिएका खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले नगद पुरस्कार, कप, ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सिरिजंगासिंह थेबेलाई किराँत लिम्बू लिपिका प्रचारक, सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता, जातिय अस्थित्वका रक्षक, ज्ञानका पुञ्ज एवम् प्रकाण्ड बिद्धान मानिन्छ । सिरिजङ्गा गाउँपालिका त्ये अङ्सी सिरिजंगासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । (नागरिक न्यूजबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...