बिवाईएससी मिन्नेसोटा अमेरिका र सह्लेश युवा क्लव सिरहा फाइनलमा भिड्ने

,   लिम्बुवान न्युज
                       

t

तस्वीरः गाेल नेपाल डटकमबाट साभार

दमक, १२ पुष । दमक ३ बेलडाँगीमा जारी प्रथम आमन्त्रित जय हुमागाई स्मृति गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । भोलि बुधबार दिउँसो १ बजे देखि फाइनल खेल शुरु हुने आयोजकले जनाएको छ ।

बिवाईएससी मिन्नेसोटा अमेरिकाले सेमिफाइनलमा शान्तिनगर फूटबल क्लब सुनसरीलाई ५–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनल प्रवेश गरेको हो ।

फराकिलो जित दर्ज गर्न बिवाइएससीका जर्सी नम्बर ३० रेनेसन्तिल्लनले पहिलो हाफमै २ गोल गरेका थिए । उनी खेलको मेन अफ दी म्याच बने ।

त्यस्तै खेलको दोस्रो हाफमा जर्सी नम्बर ३० सुदिप तामाङ, जर्सी नम्बर ७ हेक्टर ओर्टेगार र जर्सी नम्बर १५ का अनुज भट्टराईले क्रमशः १/१ गोल थपेका थिए ।

यसैगरी सह्लेश युवा क्लब सिरहाले पहिलो सेमीफाइनलमा एभनिर फुटबल क्लब क्यामरुनलाई पराजित गरि फाइनलमा पुगेको थियो ।

प्रतियोगिताका विजेताले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३ लाखसहित पुरस्कार प्राप्त गर्ने छन् ।

यसरी नै उत्कृष्ट खेलाडी, अधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले समान २५ हजारकादरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पुष ६ गतेबाट सुरु प्रतियोगितामा देश तथा विदेशका गरी ८ टीम सहभागी थिए ।

सम्बन्धित समाचार

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

;