बीवाईएससी मेन्नेसोटालाइ जय हुँमागाई गोल्डकप फुटबलको उपाधि

 लिम्बुवान न्युज
                       

दमक, १४ पुष । प्रथम आमन्तृत जय हुँमागाई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बीवाईएससी मेन्नेसोटाले हात पारेको  

प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १– गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद  लाख,  ट्रफी  प्रमाणपत्र प्राप्त गर्यो 

उपविजेता सह्लेशले नगद  लाख सहित ट्रफी  प्रमाणपत्रमा चित्त बुझायोबिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर  कामिगुल फलोफक्सले निर्णायक गोल गरे  उनी  खेलको मेन अफ दी म्याच भए 

सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर  का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए 

खेल अवधिभर दुवै टीमका खेलाडीबीच पटक पटक ठेलाठेल भयो भने रेफ्रीदनुवारले पनि दुवै टीमका खेलाडीलाई प्रसस्तै चेतावनी दिए  अटेर गर्नेलाई कार्डदेखाए 

प्रतियोगिताकै बेस्ट गोलकिपर उपाधि पाएका बिवाइएससीका गोलकिपर पुजनथापामगरले समेत खेलमा अनावश्यक समय खेर फालेको अभियोगमा पहेँलोकार्ड खाए 

प्रतियोगिताको बेस्ट डिफेन्स उपविजेता टिमका पिटर सेगुन भए ।अघिल्लोखेलमा कार्ड खाएका उनी बुधबारको फाइनल खेलमा कम आक्रमक देखिन्थे 

त्यस्तै बेस्ट मिड फिल्डर पनि सह्लेशकै आशालाल चौधरी भए 

प्रतियोगिताको बेस्ट फर्वार्ड विजेता टीमका थोमस साकोर भए भने बेस्ट कोच पनिविजेता टीमकै कोच प्रदिप हुँमागाई भए 

राइजिङ प्लेयर भने बिवाईसी बेलडाँगीका दावा तामाङ भए भने प्रतियोगिताभरहाई स्कोरर विजेता टीमकै रेनी सान्टिलन भए 

बेस्ट प्लेयर अफ थे टुर्नामेन्ट विजेता टीमका हेक्टर ओर्टेगा भए  उनले नगद २५हजार सहित ट्रफी पाए  अन्य उत्कृष्ट विधाका खेलाडीलाई नगद  हजार सहितट्रफी प्रदान गरिएको थियो 

प्रदेश नम्बर  का प्रदेश सभा सदस्य होमबहादुर थापानेकपा माओवादी केन्द्रकाप्रदेश नेता गगन पुरी,  भुटानी शरणार्थी शिविर बेलडाँगीका सचिव टिबी राई,  पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईदमक वडा नम्बर  का वडाअध्यक्ष नवीन बरालवडा नम्बर  का वडा अध्यक्ष प्रजापति सापकोटालगायतलेविभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरेकाथिए 

प्रतियोगिता आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टका अध्यक्ष शिव हुँमागाईलेप्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च भएको जानकारी दिए 

नेपाल बाहिरका बीवाईएससी मिन्नेसोटा अमेरिकाएभनिर फुटबल क्लबक्यामरुनयुके फुटबल क्लब दार्जिलिङ प्रतियोगितामा सहभागी थिए 

त्यस्तै,  नेपालभित्रका सह्लेश युवा क्लब सिरहाशान्तिनगर फुटबल क्लबसुनसरी,  बीवाईसी बेलडाँगी (घरेलु टीम), बिर्तामोड युनाइटेड झापा  पथरीशनिश्चरे शिविरको टीम गरि  टीमले प्रतियोगितामा सहभागिता जनाएका थिए

जय हुँमागाई स्मृति खेल मैदान नामाकरण

समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य होमबहादुर थापाले खेलकुद क्षेत्रकोविकासलाई प्राथमिकतामा राखेर तीनै तहको सरकारले कार्यक्रम बनाउनुपर्नेमाजोड दिए 

माओवादी केन्द्रका नेता गगन पुरीले खेल मैदानको स्तरोन्नतिलगायत बेलडाँगीशिविरभित्रै भुटानी शरणार्थी संग्रहालय निर्माणको बृहत् परियोजना सम्पन्न गरिनेदावी गरे 

शिविर सचिव टिबी राईले दाताले निर्माण गरिदिएको खेलमैदान फराकिलोबनाउन  संरक्षित गर्न नेपाल सरकारलगायत प्रदेश  स्थानीय सरकारको सहयोगआवश्यक भएको जिकिर गरे  उनले भने -‘संसारभरका शरणार्थीहरुलेखेलकुदको अधिकर पाएका छन्मलाई लाग्छ उनीहरुले एउटा फराकिलो खेलमैदान पनि पाउने छन् 

बिगतमा बेलडाँगी  स्थित शरणार्थीका लागि उपयोग गरिँदैआएको खेल मैदानमासेर पोखरी खनिएको थियो 

प्रतियोगिता आयोजना गर्न  स्थायी भौतिक संरचनाका रूपमा स्वर्गीय जयहुँमागाईको परिवारले करिब ३० लाख रूपैयाँ निजी खर्चमा खेलमैदान तयारगरिदिएको सचिव राईले जानकारी दिए 

उनले सो खेल मैदानको नाम ‘जय हुँमागाई स्मृति खेल मैदान‘ प्रस्ताव गरे भने खेलहेर्न सयौंको संख्यामा आएका  शरणार्थी  अन्यले ताली बजाएर समर्थन गरेकाथिए 

हंसे दुम्से सामुदायिक वन हाताभित्र नवनिर्मित खेल मैदानको पूर्वतिर  वटासखुवाका अग्ला रूखहरु छन् 

ती रूख व्यवस्थापन हुन नसक्दा हाल  जना खेलाडी मात्रै मैदानमा फुटबलखेल्न सक्छन् 

नेपाल सरकारले रूख व्यवस्थापन गरिदिए आफूले ११ साइड खेल्न मिल्ने गरीखेल मैदानको पूननिर्माण गरिदिने दाता शिव हुँमागाईले प्रतिवद्धता व्यक्त गरेकाछन् 

शिविर व्यवस्थापन समितिका तर्फबाट खेल मैदान निर्माणकर्ता शिव हुँमागाई उनको परिवारलाई ताम्रापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो 

प्रदेश सभा सदस्य थापाले हुँमागाईलाई ताम्रापत्र प्रदान गरे 

प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्थासुरक्षा निकायव्यक्तिलगायतलाई प्रशंसापत्र  मायाको चिनो प्रदान गरिएको थियो 

प्रतियोगिताकै दौरान मंगलबार शिविर व्यवस्थापन समिति  सन्चारकर्मीबीचआपसी सम्बन्ध  सद्भाव विकास गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल म्याच खेलाइएकोथियो 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...