मञ्चका संघीय उपाध्यक्ष लिङ्देन पितृ शोकमा

,   लिम्बुवान न्युज
                       


दमक, १९ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष चन्द्र कुमार लिङ्देन पितृ शोकमा परेका छन् । उपाध्यक्ष लिङदेनका पिता खड्ग सिंह लिङदेनको पुष १८ गते सोमबारका दिन ८९ बर्षको उमेरमा निधन भएको हो ।

पाँचथर सुझाङ ९ पेयाक्पामा बिक्रम सम्वत १९९० साल फाल्गुन ३ गते जन्मिनु भएका लिङदेन हाल झापा दमकमा स्थायी रुपमा बस्दै आएका थिए । दुई छोरा र दुई छोरीका धनी उनको पार्थी शरिरलाई आज मंगलबार किरात धार्मिक परम्परा अनुसार कमल गाउँपालिका तोपगाछीस्थित केर्खा बजारमा अन्त्येष्टि गरिएको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, उपाध्यक्ष तथा प्रदेश नं. १ सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फे, संघीय महासचिव अशोक चेम्जोङ् लगायत मञ्चका विभिन्न तहका नेताहरुको उपस्थितिमा पार्टीको झण्डा ओडाई एक मिनेट मौनधारण गर्दै मञ्चको तर्फबाट मन्त्री तुम्बाहाम्फेलाई श्रद्धाञ्जली मन्तव्य दिई मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

यूकेमा कार्यरत उपाध्यक्ष लिङदेन मञ्चका अन्तराष्ट्रिय समन्वय मञ्चका संयोजक समेत हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;