बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण हुँदै

,   लिम्बुवान न्युज
                       


बिर्तामोड, २३ पुस । पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा शुरु भएको प्रशिक्षणमा ४० जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष अग्रज पत्रकार भीम नेम्वाङले गरेका थिए ।

प्रमुख अतिथि नेम्वाङले पत्रकारितामा संलग्नहरुले अध्ययन, खोज अनुसन्धानमा विशेष अभिरुची राख्नुपर्ने र प्रविधिमा अब्बल हुनुपर्नेमा जोड दिए । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रशिक्षणका विषयमा प्रष्ट्याउँदै सक्रिय पत्रकारलाई आगामी दिनमा एडभान्स प्रशिक्षण र लेखनवृत्ति समेत प्रदान गरिने बताए । प्रशिक्षणको सहजीकरण पत्रकारहरु उमाकान्त खनाल, केशव भट्टराई, डिकेश लामा र मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले गरिरहेका छन् ।

प्रशिक्षण उद्घाटन समारोहमा पत्रकार महासंघ प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, महासंघका राष्ट्रिय परिषद् सदस्य दिपीन राई लगायतको आतिथ्य रहेको थियो ।

पत्रकारिताको आधारभूत तहको अन्तरक्रियात्मक प्रशिक्षणमा पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा पत्रकारिता सम्बन्धी प्रशिक्षणको अवसर नपाएका महिला, दलित, जनजाति, आदिवासी, मधेशी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, पीछडावर्ग समुदायबाट सहभागिता रहेको छ ।
प्रशिक्षणमा पत्रकारिताका विविध विषयसँगै आचारसंहिताको बारेमा समेत छलफल हुने बताइएको छ । कार्यक्रम उद्घाटन समारोहको सञ्चालन महासंघका सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;