पवित्रहाङमा कप महिला फूटबल आगामी माघ २३ देखि फाल्गुन ३ गतेसम्म हुने

,   लिम्बुवान न्युज
                       


दमक, २४ पुष । १३ औँ संस्करणको पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता आगामी माघ २३ देखि फागुन ३ सम्म आयोजना गरिने भएको छ । किरात धर्म गुरुआमा पवित्रहाङ्मा लिङ्देनको ६७ औँ जन्मोत्सव अवसरमा किरात धार्मिक स्थल लारुम्बामा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजक आत्म–पवित्र हक्तात यक्चुमले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा १० टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा इलामसहित झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङ र भारत दार्जिलिङका टिमसमेत सहभागी हुने आयोजक संस्था अध्यक्ष मनप्रसाद आङ्बुहाङले बताए ।

विजेताले ट्रफी सहित नगद २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा इलामका जनता सेभेन र माङ्सेबुङ गाउँपालिका, झापाका रोयल स्पोर्टिङ, कन्काई नगर खेलकुद, उदयपुरको गाईघाट, सुनसरीको माउन्ट एभरेस्ट, ताप्लेजुङको कर्णसिंह सोनाम, धनकुटा जिल्ला फुटबल संघ, मोरङको नवदीप र भारत दार्जिलिङको एमएफसी सहभागी हुने आयोजकले जनाएको छ ।

त्यस अवसरमा फुटबलबाहेक म्याराथुन, पक्लुङ, लठ्ठा तान्ने, म्युजिकल चेयर, हाँडी फुटाउनेजस्ता दर्जन खेल आयोजना हुने बताइएको छ । म्याराथुन विजेताले नगद ५ हजार १ सय ६७ रुपैयाँ पुरस्कार पाउनेछ । इलामस्थित जिल्ला फुटबल संघले प्रतियोगिताका लागि प्राविधिक सहयोग गरेको छ ।

यो फूटबल प्रतियोगिता जिल्ला सदरमुकामबाट भौगोलिक हिसाबले टाढा रहेको माङसेबुङ लारुम्बामा लामो समययता निरन्तर आयोजना भइरहेको प्रतियोगिता हो । यस पटकको प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;