लिम्बुवानद्वारा मालपोत र नापी कार्यालय नसार्न माग गर्दै ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

धरान, २४ पुष । धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापनपत्र बुझाइएको छ ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सुनसरी जिल्ला र धरान उपमहानगर कार्यसमितिले संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र आइतबार मालपोत र नापी कार्यालयमा बुझाएको हो । ती दुई कार्यालयसँगै उनीहरुले गृहमन्त्रालय, भुमी व्यवस्था सहकारी तथा गरिबी निवरण मन्त्रालय, प्रदेश प्रमुखसहित विभिन्न दर्जन बढी निकाय र संघसंस्थाहरुलाई पनि उक्त ज्ञापनपत्रको बोधार्थ पठाएका छन् ।

मञ्चले यसअघि पनि विभिन्न निकायहरुमा मालपोत र नापी कार्यालय धरान १६ मा यथावत राख्न माग गरेपनि सुनुवाई नगरिएको भन्दै अब पनि वेवास्ता गरिए आन्दोलन पनि गर्ने चेतावनी दिएको छ । इनरुवामा रहेको मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय अनुसार २०७२ मा धरानमा कार्यालय स्थापना गरिएको थियो । उक्त समयदेखि हालसम्म धरान १६ मा कृषि विकास बैंकको भवनमा भाडा रहदै आएको छ ।

२०७३ मा मालपोत र नापी कार्यालयको लागि धरान ६ पानवारीमा स्थानीय जग्गा उपलब्ध गराए पछि स्थानान्तरणको प्रक्रिया अघि बढेको थियो । अहिले उक्त स्थानमा मालपोत र नापी दुवैको भवन निर्माण भइसकेको छ । मञ्चले भने सो क्षेत्रमा भुमाफियाहरुको चंगुलमा परेर तत्कालिन मालपोत प्रमुख भिम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेले एक एक कट्ठा जग्गा लिएर कार्यालय सार्ने निर्णयलाई अघि बढाएको पनि आरोप लगाएको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले गौतम र न्यौपानेले आफ्नो नाममा जग्गा नराखे पनि क–कस्को नाममा लिएका थिए भन्ने प्रमाण रहेको दाबी गरेका छन् ।

दैनिक करोडौं रुपैया लेनदेन हुने भएकोले पानवारी असुरक्षित हुने र पायक पनि नहुने मञ्चको दाबी छ । हाल रहेको कृषि विकास बैंकको भवनलाई स्वामित्व हस्तान्तरण गरेर मालपोत, नापीलाई स्थायीरुपमा राख्न सकिने र पानवारीमा अन्य विभिन्न कार्यालयहरु राख्न सकिने मञ्चको भनाई छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...