झापामा बालमैत्री स्थानीय तह निर्माण गर्न ११ बुँदे प्रतिवद्धता

,   लिम्बुवान न्युज
                       


झापा, २५ पुष । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल सरकारको लक्ष्यअगावै बालमैत्री स्थानीय तह निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले आआफ्नो स्थानीय तहमा बालबालिका सम्वन्धी ऐन, २०७५ बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्ला बाल सञ्जाल झापाको आयोजना तथा जिल्ला समन्वय समिति झापा, संवाद समूह झापा र राष्ट्रिय बाल अधिकार परिषद विराटनगरको सहकार्यमा आयोजित अन्तक्र्रियामा जिसस प्रमुख विश्व बरालले पालिकाहरुलाई बालमैत्री स्थानीय तह निर्माणमा जुट्न आग्रह गरे । उनले नेपाल सरकारको लक्ष्य हासिल गर्न पनि बालमैत्री स्थानीय तह कार्यान्वयन गर्नैपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरेका हुन् ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले भद्रपुरमा घोषणा गरिएको बालमैत्री स्थानीय तहको अनुभव राखेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईं, झापा गाउ“पालिकाका उपाध्यक्ष अन्जुदेवी थपलिया, कमलकी उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले आआफ्नो स्थानीय तहमा बालमैत्री स्थानीय तह निर्माणबारेको तयारीबारे धारणा राखेका थिए ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालबालिका सम्बन्धी ऐन–२०७५, बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (सीआरसी) १९८९, पन्ध्रौं योजनालगायतका कानुन, नीति तथा कार्यक्रमहरुमा बालअधिकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ । बालअधिकारका चार पक्ष बालबचाउ“, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति नै बालमैत्री स्थानीय शासन हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ/नगरपालिकाको वडालाई दिएको छ । उक्त ऐन अनुसरण गरी गाउँ÷नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने जिम्मेवारी पूरा गर्नेपर्ने हुन्छ ।

कार्यक्रममा भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, शिवसताक्षीका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, मेचीनगरका उपसचिव होमनाथ भण्डारी, कनकाईका उमानाथ ढकाल, बिर्तामोड, भद्रपुर, शिवसताक्षी, कमल, दमकलगायतका पालिकाका बालबालिका शाखाका फोकल पर्सनको उपस्थिति थियो ।

जिल्ला बाल सञ्जाल तथा पालिका स्थानीय बाल सञ्जालका बालबालिकाहरुको उपस्थिति थियो । कार्यक्रममा जिल्ला बाल सञ्जालले जिल्लास्थित बाल सञ्जाल र बालबालिकाको पालिकास्तरीय अवस्थाबारेको कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका सुमन अधिकारीले बालबालिका सम्वन्धी ऐनबारेको प्रस्तुती राखेका थिए ।

जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भावना पोखरेलले जिल्लामा वालवालिकाले भोगेका समस्या र अवस्थाबारे जानकारी गराएकी थिइन् । विनोद थापाले सञ्चालन गरेको कार्यक्रममा आरोग्य तिम्सिनाले स्वागत गरेका गिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;