याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक
शुक्रबार, २९ पुष, २०७९ रातीको ०९:२७ बजे,
लिम्बुवान न्युज
काठमाडौ, २९ पुष / याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।
याक्थुङ फिल्म्सको निर्माणमा शब्द/संगीत सागर केरुङ, एरेन्ज मोनि ताम्लिङको रहेको छ भने गंगा फियाक र नोगेन लिम्बू हाङ्सरुम्बाले स्वर दिएका छन ।
याक्थुङ लिम्बू जातिको नयाँ बर्ष/येले तङ्बे ५०८३ र नयाँ बर्ष कुसङ तङ्बे माघ १ गते कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा बनाइको बताइएको छ । लिम्बू भाषाको कुसङ तङ्बे नयाँ बर्ष र कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा निर्माण भएको यो पहिलो गीत हो ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...