याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ, २९ पुष  / याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।

याक्थुङ फिल्म्सको निर्माणमा शब्द/संगीत सागर केरुङ, एरेन्ज मोनि ताम्लिङको रहेको छ भने गंगा फियाक र नोगेन लिम्बू हाङ्सरुम्बाले स्वर दिएका छन ।

याक्थुङ लिम्बू जातिको नयाँ बर्ष/येले तङ्बे  ५०८३ र नयाँ बर्ष कुसङ तङ्बे माघ १ गते  कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा बनाइको बताइएको छ । लिम्बू भाषाको कुसङ तङ्बे नयाँ बर्ष र कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा निर्माण भएको यो पहिलो गीत हो ।

गीत सुन्नुहोस् :

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...