पवित्रहाङमा कप फूटबलको फाइनल फाल्गुन ३ गतेः खेलतालिका सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, १६ माघ । माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

किराँत धर्मगुरु आमा साँबा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो ।

माङ्सेबुङ इलाम स्थित आत्मानन्द खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका, इलाम र नवदीप युवा क्लब, मिक्लाजुङ, मोरङ भिड्ने खेलतालिकामा उल्लेख छ ।

इलाम फुटबल संघको प्राविधिक सहयोग तथा माङ्सेबुङ गाउँपालिकाको विशेष सहयोग रहने प्रतियोगितामा एक नम्बर प्रदेशका कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुम, माङसेबुङ, इलामको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ सय ६७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ सय ६७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...