पवित्रहाङमा कप फूटबलको फाइनल फाल्गुन ३ गतेः खेलतालिका सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, १६ माघ । माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

किराँत धर्मगुरु आमा साँबा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो ।

माङ्सेबुङ इलाम स्थित आत्मानन्द खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका, इलाम र नवदीप युवा क्लब, मिक्लाजुङ, मोरङ भिड्ने खेलतालिकामा उल्लेख छ ।

इलाम फुटबल संघको प्राविधिक सहयोग तथा माङ्सेबुङ गाउँपालिकाको विशेष सहयोग रहने प्रतियोगितामा एक नम्बर प्रदेशका कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुम, माङसेबुङ, इलामको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ सय ६७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ सय ६७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...