भूमिहीन परिवारलाई जग्गा धनीपुर्जा प्रमाणपत्र वितरण

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा वितरण गरेको हो ।

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यतामा भूमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको वडाअध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

जग्गा धनी पुर्जा आयोगका केन्द्रीय अध्यक्ष निरौला,दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई,आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डे लगायतले वितरण गरेका थिए ।

वडाअध्यक्ष भण्डारीका अनुसार वितरण गरिएका जग्गा धनी पुर्जा पाउनेहरुमा २ दलित सुकुम्बासी, भूमिहीन १० र अव्यवस्थित बसोबासीका रुपमा १५ परिवार रहेका छन् । आयोगले यसपटक वडाका ३५ परिवारलाई जग्गा धनी पुर्जा वितरणको तयारी गरेको थियो ।

सो अवसरमा जग्गा धनी पुर्जा वितरण कार्यक्रममा बोल्दै वक्ताहरुले सवै नागरिकलाई जग्गाको मालिक बनाउनु पर्ने औल्याएका थिए ।

दमकका १० वटा वडा मध्ये दमक ३ बाहेक अन्य वडामा भने जग्गा धनी पुर्जा वितरणका लागि जग्गाको निस्सा प्रमाणपत्र वितरण गरिसकेको छ । दमकमा जग्गाधनी प्रमाणपत्रका लागि करिव ८ हजार भूमिहीन,दलित भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले निवेदन दिएको नगरपालिकाले जनाएको छ ।

१४६ परिवारलाई धनी पुर्जा

यसैवीच राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका १४६ भूमिहीन परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।

आयोगले हालसम्म गौरादहका ५०, कन्काईका २७, बुद्धशान्तिका ४२ र दमकमा २७ परिवारलाई नियमानुसार जग्गा धनी पुर्जा वितरण गरिसकिएको अध्यक्ष पाण्डेले बताए ।

आयोग गठनपछि विभिन्न आयोगले दिएको जग्गाका नक्सा, पुर्जा लगायतका भूमि सम्बन्धी ६ सय बढी परिवारलाई सेवा समेत पाएको उनको भनाई छ ।

आयोगले जिल्लाका १५ वटै स्थानीय तहसंग भूमि समस्या हल गर्नका लागि काम गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...