याक्थुङ युवा मञ्च पान्थर अध्यक्षमा कुमार यवा ‘मौसम’ निर्वाचित

 लिम्बुवान न्युज
                       


फेदेन, २६ माघ । याक्थुङ युवा मञ्च पान्थरको अध्यक्षमा कुमार यवा ‘मौसम’ निर्वाचित भएका छन् । फान्थरको फेदेनमा बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट मौसम अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार फेदेनमा आयोजित एक कार्यक्रमले १६ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा गगन जवेगू ‘खाम्बेक’, चित्रकला हाङ्सरूम्वा, सचिवमा मचिन्द्र लोवा ‘सेमी’, सह–सचिवमा रोजा जवेगू र कोषाध्यक्षमा वसन्त आङ्वो छन् ।

यसैगरी सदस्यहरूमा नुमा लिङ्देन, सुखु शेर्मा, सुजन मादेन ‘मिसेक’, कलावती बेघा, सपना लिङ्देन, सुमी जवेगू, सञ्जीवनी मादेन, रविन जवेगू, तागेरा तावा र कर्म चन्द्र नेम्वाङ रहेका छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...