किरात लिम्बुवान प्रदेश नामाकरणकाे लागि अभियान शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, २८ माघ । ‘सम्पूर्ण पहिचान पक्षधरहरु एक हौं‘ भन्ने मूल नाराका साथ किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान कार्यक्रम आज शुक्रबार प्रारम्भ भएको  

झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजित कार्यक्रममा राजनीति भन्दा माथि पहिचान हुने भन्दै सहभागीवक्ताहरुले प्रदेश नम्बर  लाई पहिचानका आधारमा किरात लिम्बुवान नामाकरण गर्न दवाव सिर्जना गरिने बताएका हुन 

अभियानले यस प्रदेशका सवै पहिचान पक्षधर पार्टीहरुसंघ,संस्था साथै प्रबुद्ध व्यक्तित्वहरुसँग छलफल,भेटघाट  समन्वय गर्ने प्रेसविज्ञप्तिमार्फत जनाएको  

प्रदेश नम्बर  भित्र बसोबास गर्ने सबै जातजाति एवम् समुदायहरु बीचको एकता  सामाजिक सद्भावको विकास गराउँदै किरातलिम्बुवान प्रदेश नामाङ्कन गराउन अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख  

किरात सभ्यताभित्र यस क्षेत्रका सबै पहिचान चाहने प्रकृतिपूजक,भूमिपूत्र आदिवासीहरु पर्ने  किरात  शब्दले बृहत भातृत्व  एकताबुझाउने विज्ञप्तिमा उल्लेख  

त्यस्तै लिम्बुवान भन्नाले १८३१ साउन २२ गते लिम्बुवान  गोर्खा फौज(नेपालबीच भएको ऐतिहासिक सन्धी बमाजिमको भूगोल तथालिम्बुवान प्रदेश प्राप्तिको लागि भएका सम्पूर्ण आन्दोलनरत पक्षहरुसँग नेपाल सरकारले गरेको  सम्झौताको रूपमा बुझ्नु पर्ने जिकिरगरिएको  

अभियानले किरात भन्नाले सभ्यता  लिम्बुवान भन्नाले भूगोल हो भन्ने बुझ्न अनुरोध गरेको  

पहिचान पक्षधर राजनीतिक शक्तिसंघ संस्थाहरुसँग बृहत छफल गर्ने जनाउँदै अभियानले सवै प्रकारको चन्दा सङ्कलनलाई पूर्णरुपमा निषेध गर्ने जनाएको  

अभियान कार्यक्रमा संघीय लिम्बुवान पार्टी नेपाल उपाध्यक्ष मित्र लिङ्देनजसपा नेपाल केन्द्रीय सदस्य एवम लिम्बुवान राष्ट्रियसमिति उपाध्यक्ष जेन्टल लाओतीलोसपालिम्बुवान राष्ट्रिय समिति अध्यक्ष भक्त खेवाङ,

किरात राष्ट्रिय समिति संयोजक डिवि राईराष्ट्रिय जनमुक्ति पार्टी महासचिव पदम चबेगुसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङमहासचिव अशोक चेम्जोङमाओवादी कम्युनिष्ट पार्टी नेपाल उपाध्यक्ष अर्जुन लामासाझा किरात खम्बुवान मोर्चा उपाध्यक्ष क्याप्टेन ललित प्रकाश राईपूर्व लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष पदम अधिकारीपहिचानवादी नेता प्रवीणचाम्लिङपूर्व नेपाली काँग्रेस महासमिति सदस्य स्वतन्त्र नेता जयराज संयककोचिला संघर्ष समिति सदस्य त्रिनारायण राजवंशीनेपाल तामाङ घेदुङ संघ प्रतिनिधि जयुकुमार तामाङ लगायतले बोलेका थिए  सो अभियानमा ऐक्यबद्धता जनाएका थिए 

किरात लिम्बुवान प्रदेश नामकरण अभियान संचालन गर्न आयोजित भेलाले विभिन्न जिल्लाहरुमा गतिविधि सञ्चालन गर्न जिम्मेवारीतोकेको  

किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियानको उदयपुरभोजपुर,खोटाङओखलढुङ्गासोलुखुम्बुमा जिल्ला समन्वय समितिनिर्माण गर्न डिवि राईलाई जिम्मेवारी दिइएको  

त्यस्तै इलाम जिल्ला संयोजक निरमणी माङ्मु नरेशसुनसरी जिल्ला संयोजक राजेश खिम्दुङतेह्रथुम जिल्ला संयोजक तारा थलङलिम्बूधनकुटा जिल्ला संयोजक प्रतिभा राई चयन भएका छन 

त्यस्तै संखुवासभा जिल्ला संयोजकमा मित्र याक्खा देवान,  ताप्लेजुङ जिल्ला संयोजक अनिशा थेबे,  झापा जिल्ला  संयोजककविराज चाम्लिङ राई  सञ्चार समन्वय समिति संयोजक देशराज नेम्बाङ तोकिएका छन 

कार्यक्रम किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान संयोजक  प्रेमदीप थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको हो 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...