किरात लिम्बुवान प्रदेश नामाकरणकाे लागि अभियान शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, २८ माघ । ‘सम्पूर्ण पहिचान पक्षधरहरु एक हौं‘ भन्ने मूल नाराका साथ किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान कार्यक्रम आज शुक्रबार प्रारम्भ भएको  

झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजित कार्यक्रममा राजनीति भन्दा माथि पहिचान हुने भन्दै सहभागीवक्ताहरुले प्रदेश नम्बर  लाई पहिचानका आधारमा किरात लिम्बुवान नामाकरण गर्न दवाव सिर्जना गरिने बताएका हुन 

अभियानले यस प्रदेशका सवै पहिचान पक्षधर पार्टीहरुसंघ,संस्था साथै प्रबुद्ध व्यक्तित्वहरुसँग छलफल,भेटघाट  समन्वय गर्ने प्रेसविज्ञप्तिमार्फत जनाएको  

प्रदेश नम्बर  भित्र बसोबास गर्ने सबै जातजाति एवम् समुदायहरु बीचको एकता  सामाजिक सद्भावको विकास गराउँदै किरातलिम्बुवान प्रदेश नामाङ्कन गराउन अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख  

किरात सभ्यताभित्र यस क्षेत्रका सबै पहिचान चाहने प्रकृतिपूजक,भूमिपूत्र आदिवासीहरु पर्ने  किरात  शब्दले बृहत भातृत्व  एकताबुझाउने विज्ञप्तिमा उल्लेख  

त्यस्तै लिम्बुवान भन्नाले १८३१ साउन २२ गते लिम्बुवान  गोर्खा फौज(नेपालबीच भएको ऐतिहासिक सन्धी बमाजिमको भूगोल तथालिम्बुवान प्रदेश प्राप्तिको लागि भएका सम्पूर्ण आन्दोलनरत पक्षहरुसँग नेपाल सरकारले गरेको  सम्झौताको रूपमा बुझ्नु पर्ने जिकिरगरिएको  

अभियानले किरात भन्नाले सभ्यता  लिम्बुवान भन्नाले भूगोल हो भन्ने बुझ्न अनुरोध गरेको  

पहिचान पक्षधर राजनीतिक शक्तिसंघ संस्थाहरुसँग बृहत छफल गर्ने जनाउँदै अभियानले सवै प्रकारको चन्दा सङ्कलनलाई पूर्णरुपमा निषेध गर्ने जनाएको  

अभियान कार्यक्रमा संघीय लिम्बुवान पार्टी नेपाल उपाध्यक्ष मित्र लिङ्देनजसपा नेपाल केन्द्रीय सदस्य एवम लिम्बुवान राष्ट्रियसमिति उपाध्यक्ष जेन्टल लाओतीलोसपालिम्बुवान राष्ट्रिय समिति अध्यक्ष भक्त खेवाङ,

किरात राष्ट्रिय समिति संयोजक डिवि राईराष्ट्रिय जनमुक्ति पार्टी महासचिव पदम चबेगुसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङमहासचिव अशोक चेम्जोङमाओवादी कम्युनिष्ट पार्टी नेपाल उपाध्यक्ष अर्जुन लामासाझा किरात खम्बुवान मोर्चा उपाध्यक्ष क्याप्टेन ललित प्रकाश राईपूर्व लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष पदम अधिकारीपहिचानवादी नेता प्रवीणचाम्लिङपूर्व नेपाली काँग्रेस महासमिति सदस्य स्वतन्त्र नेता जयराज संयककोचिला संघर्ष समिति सदस्य त्रिनारायण राजवंशीनेपाल तामाङ घेदुङ संघ प्रतिनिधि जयुकुमार तामाङ लगायतले बोलेका थिए  सो अभियानमा ऐक्यबद्धता जनाएका थिए 

किरात लिम्बुवान प्रदेश नामकरण अभियान संचालन गर्न आयोजित भेलाले विभिन्न जिल्लाहरुमा गतिविधि सञ्चालन गर्न जिम्मेवारीतोकेको  

किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियानको उदयपुरभोजपुर,खोटाङओखलढुङ्गासोलुखुम्बुमा जिल्ला समन्वय समितिनिर्माण गर्न डिवि राईलाई जिम्मेवारी दिइएको  

त्यस्तै इलाम जिल्ला संयोजक निरमणी माङ्मु नरेशसुनसरी जिल्ला संयोजक राजेश खिम्दुङतेह्रथुम जिल्ला संयोजक तारा थलङलिम्बूधनकुटा जिल्ला संयोजक प्रतिभा राई चयन भएका छन 

त्यस्तै संखुवासभा जिल्ला संयोजकमा मित्र याक्खा देवान,  ताप्लेजुङ जिल्ला संयोजक अनिशा थेबे,  झापा जिल्ला  संयोजककविराज चाम्लिङ राई  सञ्चार समन्वय समिति संयोजक देशराज नेम्बाङ तोकिएका छन 

कार्यक्रम किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान संयोजक  प्रेमदीप थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको हो 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...