लिम्बुवान मजदुर मञ्चको अध्यक्षमा अर्जुन खड्का निर्वाचित

 लिम्बुवान न्युज
                       

धरान, १३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको जनसंगठन संघीय लिम्बुवान मजदुर मञ्चको धरान उपमहानगर समितिको पुनःगठन भएको छ । शुक्रबार सुनसरीको धरानस्थित पार्टी कार्यालयमा अर्जुन खड्काको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमबाट नव गठित समितिको उपाध्यक्षहरुमा भिम पुलामी मगर, रमेश राजधामी, राजकुमार जिमी र पदम मगर रहेका छन् त्यसैगरी सचिवमा प्रदिस राई, सहसचिवमा डम्बर मगर र अर्थसचिवमा सबुरलाल धामी रहेका छन् ।

यसैगरी उक्त समितिको सदस्यहरुमा मनिता राजधामी, गणेश योगी, प्रजल विश्वकर्मा, चित्रकुमार बि.क., मनोज राजधामी, मनिस शर्मा, विवस गिरी, चित्रकुमार राई, विशाल कट्टेल, पुर्सतम बि.क., सुरेश राजधामी, फुल नारायण धामी, विक्रम लामा, रिंकु लिम्बु र चित्रकुमार मगर लगायत रहेका छन् ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि लावतीले विधान बमोजिम सफलग्रहण गराएका थिए । कार्यक्रममा सुनसरी अध्यक्ष अमर इजम र धरान नगर कार्य समितिका का.बा. अध्यक्ष मोहन तिगेला लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...