नेपालले जोगायो एकदिवसीय मान्यताः युएईमाथि सानदार जित

,   लिम्बुवान न्युज
                       


काठमाडौं, २८ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो ओडिआई क्रिकेटमा नयाँ इतिहास रचेको छ । आज टियू क्रिकेट रंगशालामा युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नयाँ कीर्तिमान बनाएको हो ।

यो जित रनको हिसाबमा नेपालले हात पारेको आफ्नो ओडिआई इतिहासको सर्वाधिक ठूलो हो । यसअघि नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध अल अमरेतमा १ सय ५१ रनले पराजित गरेको थियो । त्यस्तै २०१९ मा युएईलाई नै १ सय ४५ रनको फराकिलो अन्तरले हराएको थियो ।

यी तीन जित नै नेपालले ओडिआईमा रनको हिसाबमा हात पारेका सर्वाधिक ठूला जित हुन् । विकेटको हिसाबमा भने नेपालले अमेरिकालाई २०२० मा ८ विकेटले हराएको थियो । नेपालको मात्रै होईन आइसिसी विश्वकप लिग–२ कै सर्वाधिक फराकिलो जित हो ।

लिग–२ मा नेपालले नामिबियाको कीर्तिमान तोडेको हो । यसअघि नामिबियाले २०२२ मा पिएनजीलाई १ सय ६७ रनको फराकिलो अन्तरले हराएको थियो । त्यो नै लिग २ को सर्वाधिक ठूलो जित रहँदै आएको थियो । गतवर्ष स्कटल्यान्डले पिएनजीलाई १ सय ६२ रनले हराएको थियो ।

२०१९ मा नामिबियाले अमेरिकालाई १ सय ३९ रनले हराएको थियो । नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । दुवै खेलमा विजयी भएमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा क्वालिफायर प्लेअफ खेल्नुपर्छ । युएईमाथिको जितसँगै आगामी चार वर्षको लागि ओडिआई मान्यता भने पक्का गराएको छ ।

जितको लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए ।

युएईलाई ७१ रनमा अल आउट गर्न बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए । ललितको यो करिअरको उत्कृष्ट प्रदर्शन हो ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;