कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

 लिम्बुवान न्युज
                       


दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका पहिचानवादी आन्दोलनकारीहरुले मंगलवार विभिन्न स्थानीय तह बन्द गराएका हुन् ।

आन्दोलनकारीहरुले झापाको दमक नगरपालिका र केही वार्डहरुमा त्यसैगरी विर्तामोड नपा र ९ वटा वडा कार्यालय, त्यसैगरी बुद्धशान्ती गाउँपलिका र केही वार्डहरु त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका र केही वार्डहरु, त्यसैगरी पहाडी जिल्लाहरु ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटाको चैविसे गाउँपालिका लगायत विभिन्न स्थानहरुमा तालावन्दी भएको खबर प्राप्त भएको छ ।

तालाबन्दी आजबाट १७ गतेसम्म चार दिन हुने कियाचू अध्यक्ष प्रेम यक्तेनले बताए । यो कार्यक्रम संघर्ष समितिको पूर्व घोषित कार्यक्रम भएको उनले बताए ।

स्थानीय तह र वडा कार्यलयहरु बन्द गर्ने पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसारनै तालाबन्दी गरिएको जनाएका छन् । १२ र १३ गते सबै पालिकाहरुलाई कार्यक्रमबारे पत्रमार्फत जानकारी समेत दिईएको अध्यक्ष येक्तेनले बताए । उनले प्रदेशको नामाकंन पहिचानसहित नगरिएसम्म आन्दोलनको रफतार बढदै जाने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्य पक्ष र यहाँका जिम्मेवार राजनीतिक दलहरुले लिनु पर्ने चेतावनी दिएका छन् ।

चैत्र ५ गतेकाे विराटनगर अान्दाेलनकाे क्रममा घाइते भएका पदम लिम्बु लाजेहाङकाे चैत्र १० गते उपचारकाे क्रममा शहादत्त भएपछि अान्दाेलन थप बढेर गएकाे संघर्ष समितिले जनाएकाे छ । लाजेहाङलाइ राष्ट्रिय शहीद र सरकारपक्षले उचित क्षतिपुर्ति दिनु पर्ने । यतिवेला प्रदेश १ मा घाइतेहरूकाे राज्य पक्षले उपचार गर्नु पर्ने र प्रदेश १ काे नाम खारेज गरी पुनः नामाङकन गर्नु पर्ने सर्तका राखेर अान्दाेलन भइरहेकाे छ ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...