मिसेकहाङ किरात मोर्चाबाट निस्काशित

 लिम्बुवान न्युज
                       

दमक, २१ चैत्र । किरात मोर्चाको केन्द्रीय सदस्य बाल कुमार थाम्सुहाङ (मिसेकहाङ किरात)लाई संगठनबाट निस्काशन गरेको छ । संगठनलाई खलल पुराउने क्रियाकलाप गरेको हुँदा मोर्चाले कारवाही गरेको हो ।

मोर्चाले आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नाम खारेजी आन्दोलनलाई निरन्तर अघि बढाउन प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहँदा चैत्र ५ गतेको आन्दोलनमा घाइते भएका लाजेहाङले शहादत्ता प्राप्त गरिरहेको यो वेला अराजक गतिविधि गर्दै विभिन्न समयमा पार्टी जन्माउँदै फुटाउने क्रियाकलाप गरिरहेको हुँदा मोर्चाबाट निस्काशन गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मोर्चाका बरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख गोपाल पुन मगर, केन्द्रीय सचिव ओम धामी (चौधरी) र प्रदेश १ प्रमुख पूर्ण थापा मगर तीन नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै किरात, लिम्बुवान आन्दोलनलाई भाड्न घुसपैठ कृयाकलाप गरेको हुँदा मोर्चाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाइएको छ ।

विज्ञप्तिमा संघर्ष समितिले आन्दोलन घोषणा गरिसकेपछि पनि बन्द हडताल घोषणा गरेर आन्दोलनलाई नै तुहाउने षडयन्त्र गरेको र सबै आदिवासी जनजातिहरुको मुद्दालाइ अेाझेल पार्दै यो आन्दोलनलाई नै असहज बनाउने र दुईचार जना लिम्बुहरु भेला गरेर आन्दोलन भाड्ने काम गरेको हुँदा मोर्चाको १ नम्बर प्रदेश कमिटी र केन्द्रीय कमिटीले कारवाही गरेको विज्ञप्ति मार्फत भनेको छ ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...