फियाक बंशावली पुस्तक विमाेचनः अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ११ वैशाख । विश्वभर बसोबास गर्ने फियाक थरको बंशावलीको पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लिम्बु फियाक सयङ संङजुम्भो समतिका अध्यक्ष नरेन्द्र कुमार फियाकको अध्यक्षतामा भएको कार्यक्रममा बंशावली पुस्तक बिमोचन भएको हो ।

फियाक बंशावली चौथो महाधिवेशन तथा दोस्रो संस्करण पुस्तक बिमोचन समारोहमा सम्मान कार्यक्रम समेत भएको थियो । किराँत याक्थुङ चुम्लुङ्गका केन्द्रिय सदस्य अमृत योङहाङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भुटान, भारत, नेपालमा बसोबास गर्ने लिम्बु जाति भित्रको फियाक थरका परिवारका प्रतिनिधिहरुको उपस्थिति थियो ।

शनिवार झापाको पर्यटकीय क्षेत्र दोमुखामा भएको कार्यक्रममा फिसाक सयङ बंशावलीकाे दोस्रो संस्करण विमोचन गरिएको छ । पुस्तकमा फियाक थरको पविारहरुको विवरण समेत राखिएको हो ।

कार्यक्रममा जनप्रनिधिमा निर्वाचिन, निजामति तथा सरकारी संस्थानमा कार्यरत अधिकृत, विश्वविद्यालय, माध्यमिक र उच्च माध्यमिकका प्राचार्य, संघसंस्था तथा सामाजिक कार्यमा कार्यरत, सैनिक र प्रहरीमा कार्यरत अधिकृत, सांगितिक क्षेत्रमा काम गर्ने संगितकर्मी र वंसावली खोज अनुसन्धानमा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा फियाक बंसहरुको सुख शान्तिका लागि गालि श्राप बहन्ति पुजाको आयोजना समेत भइएको थियो । कार्यसमिति सदस्य नारायण ध्वज फियाकले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव भूमिका फियाकले गरेकी थिइन् ।

संजुम्भाेकाे अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक निर्वाचित

लिम्बु फियाक सयङ संजुम्भोको केन्द्रीय अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक सर्वसम्मत निर्वाचित भएका छन् ।
संसारभर रहेका फियाकहरूको साझा संस्था लिम्बू फियाक सयडं सन्जुम्भोको शनिवार सम्पन्न चौथो महाधिवेशनले फियाकको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गजेन फियाक,महसचिवमा भूमिका फियाक, कोषाध्यक्षमा नारायणध्वज फियाक र सचिवमा नरेन्द्र कुमार फियाक निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यमा अस्मिन फियाक,भिमराज फियाक,विजु फियाक,प्रवेश फियाक,प्रेमराज फियाक,राम फियाक,सन्त कुमार फियाक,सुखमाया फियाक र विशाल फियाक निर्वाचित भएका छन् । संस्थाको विधान बमोजिम आगामी बैठकले तीन जना सदस्य मनोनयन गर्नेछ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;