फियाक बंशावली पुस्तक विमाेचनः अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ११ वैशाख । विश्वभर बसोबास गर्ने फियाक थरको बंशावलीको पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लिम्बु फियाक सयङ संङजुम्भो समतिका अध्यक्ष नरेन्द्र कुमार फियाकको अध्यक्षतामा भएको कार्यक्रममा बंशावली पुस्तक बिमोचन भएको हो ।

फियाक बंशावली चौथो महाधिवेशन तथा दोस्रो संस्करण पुस्तक बिमोचन समारोहमा सम्मान कार्यक्रम समेत भएको थियो । किराँत याक्थुङ चुम्लुङ्गका केन्द्रिय सदस्य अमृत योङहाङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भुटान, भारत, नेपालमा बसोबास गर्ने लिम्बु जाति भित्रको फियाक थरका परिवारका प्रतिनिधिहरुको उपस्थिति थियो ।

शनिवार झापाको पर्यटकीय क्षेत्र दोमुखामा भएको कार्यक्रममा फिसाक सयङ बंशावलीकाे दोस्रो संस्करण विमोचन गरिएको छ । पुस्तकमा फियाक थरको पविारहरुको विवरण समेत राखिएको हो ।

कार्यक्रममा जनप्रनिधिमा निर्वाचिन, निजामति तथा सरकारी संस्थानमा कार्यरत अधिकृत, विश्वविद्यालय, माध्यमिक र उच्च माध्यमिकका प्राचार्य, संघसंस्था तथा सामाजिक कार्यमा कार्यरत, सैनिक र प्रहरीमा कार्यरत अधिकृत, सांगितिक क्षेत्रमा काम गर्ने संगितकर्मी र वंसावली खोज अनुसन्धानमा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा फियाक बंसहरुको सुख शान्तिका लागि गालि श्राप बहन्ति पुजाको आयोजना समेत भइएको थियो । कार्यसमिति सदस्य नारायण ध्वज फियाकले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव भूमिका फियाकले गरेकी थिइन् ।

संजुम्भाेकाे अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक निर्वाचित

लिम्बु फियाक सयङ संजुम्भोको केन्द्रीय अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक सर्वसम्मत निर्वाचित भएका छन् ।
संसारभर रहेका फियाकहरूको साझा संस्था लिम्बू फियाक सयडं सन्जुम्भोको शनिवार सम्पन्न चौथो महाधिवेशनले फियाकको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गजेन फियाक,महसचिवमा भूमिका फियाक, कोषाध्यक्षमा नारायणध्वज फियाक र सचिवमा नरेन्द्र कुमार फियाक निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यमा अस्मिन फियाक,भिमराज फियाक,विजु फियाक,प्रवेश फियाक,प्रेमराज फियाक,राम फियाक,सन्त कुमार फियाक,सुखमाया फियाक र विशाल फियाक निर्वाचित भएका छन् । संस्थाको विधान बमोजिम आगामी बैठकले तीन जना सदस्य मनोनयन गर्नेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...