पहिचान राजनीतिका अफ्ठ्यारा र चुनौतिहरु

 लिम्बुवान न्युज
                       

  • नन्द कन्दङवा

काठमाडौं, २८ असार । पहिचानको राजनीति बुझ्नु अघि पहिचान के हो भनेर बुझ्न आवश्यक हुन्छ । पहिचान भनेको प्रत्येक समुदायलाई चिनाउने तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीको संरक्षण, सम्बर्धन र प्रवर्दन हो ।

त्यसैले पहिचानको राजनीति भनेको राष्ट्र र राष्ट्रियताकोरुपमा रहेका प्रत्येक समुदायलाई चिनाउने तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीलाई संरक्षण र प्रवर्दनमा आच पुर्याउने, अवरोध गर्ने अनि तिनलाई नामेट पार्ने उपनिवेशीकरण, राष्ट्र राज्य (एकल राष्ट्र अर्थात एकल जातिय राज्य) निर्माण गर्ने राष्ट्रवादको मण्डलेकरण र असमानी, अन्यायी, पक्षपाती विभेदकारी, अतिक्रमणकारी सोच, बिचार र त्यहि अनुसार शासन, सत्ता, शासन व्यवस्था र शासन सत्ता निर्माण गर्ने बिरुद्धको राजनीति हो ।

त्यसैले पहिचानको राजनीतिले उपनिवेशवादको बिरोध गर्दछ । मण्डले राष्ट्रवादको बिरोध गर्दछ । एकल नश्लीय चिन्तन, सोच तथा बिचारको बिरोध गर्दछ । समाजमा रहेका विभिन्न उत्पीडित समुदायमाथी हुने र हुदै आएको अन्याय, अत्याचार, उत्पीडन, असमानता तथा विभेदको बिरोध गर्दछ ।
उपनिवेशकारी राज्य शासन, सत्ता, व्यवस्था र उपनिवेशकारी लोकतन्त्रको बिरोध गर्दछ । त्यसैले पहिचानको राजनीति भनेको उपनिवेश तथा अन्याय, अत्याचार, उत्पीडन, असमानता र विभेदबाट मुक्ति पाउने नेपाल भित्र रहेका राष्ट्र र राष्ट्रियताको जगेर्ना, मान्यता र सोही अनुसारको राज्य संरचना, शासन व्यवस्था, शासन र राज्य सत्ता निर्माण गर्ने कुरा हो ।

पहिचानको राजनीतिले बहुलराष्ट्रिय समाज र सबैलाई समानता दिने समाजवादको गन्तव्य समात्छ ।

यसो भन्नुको अर्थ यसले बहुलराष्ट्रिय समाजवादको गन्तव्य समात्छ । यसको मतलव यस राजनीतिले राज्य शासन व्यवस्था, राज्य संरचना, शासन, लोकतन्त्र र राज्य सत्ता स्थापनाको मोडल पनि त्यहि बहुलराष्ट्रियता र समाजवादकै आधारमा आवाज उठाउछ, बनाउछ र बदल्ने काम गर्छ ।

पहिचानको राजनीतिले उपनिवेशबाट मुक्ति, ब्राह्मणवादी एकल जातिय राज्य निर्माण र बर्चस्पबाट मुक्ति र सबै खाले विभेद, असमानता, अन्याय तथा उत्पीडनबाट जनतालाई मुक्ति दिन्छ ।

पहिचान राजनीतिका आफ्ठ्याराहरु

सन १७६० को दशकदेखि आजसम्म नेपालमा पहिचानले हार्दै आईरहेको छ भने उपनिवेशकारी, मण्डले राष्ट्रवादी, बर्णाश्रमवादी, ब्राह्मणवादी तथा अन्याय, असमानता, विभेदकारी र उत्पीडनकारीले जित्तै आईरहेका छन र शासन गरिआएका छन ।

ईतिहासको यति लामो अन्तरालमा त्यहि अनुसार जित्नेहरुको मुल्य मान्यता र संस्कृति स्थापित भई अरुमाथी लादिएकोछ । त्यहि अनुसार मानिसहरुको दिमाग बनेको छ ।

धेरै मानिसहरु त्यहि अनुसार सोच्ने र बिचार निर्माण गर्ने गर्दछन । त्यहि अनुसारको राज्य शासन सत्ता, शासन व्यवस्था तथा राज्य संरचना निर्माण गरिएको छ र अभ्यास भईआएको छ ।

कुनै पनि बिषय या बस्तुलाई हेर्ने दृष्ट्रिकोण पनि त्यहि अनुसार बनेको छ ।त्यसैले, पहिचानको राजनीतिले उपनिवेशकारी मण्डले राष्ट्रवाद र अन्याय, असमानता, विभेदी उत्पीडनकारी बर्णाश्रमवादी ब्राह्मणवादीहरुले लामो समयमा खडा गरेको राजनैतिकरुपका शासन प्रशासन संरचना र दिमागमा भएको मनोवैज्ञानिक संरचनालाई हटाएर आमुल परिवर्तन गर्नु पर्ने अवस्था छ । यसको लागी सामान्य सुधार तथा संसोधनले हुने स्थिति छैन ।

यो त्यति सजिलो छैन । अन्य दलहरुले बर्तमान संविधानको खाका भित्र चलखेल गर्ने जस्तो पहिचानको राजनीिितलाई सजिलो छैन । त्यसैले यसका अफ्ठ्याराहरु प्रशस्त छन ।

यस राजनीतिले अहिलेसम्म भएको नेपाल नामको घरलाई नभत्काई पुरै नविकरण (Renovation) गर्नु पर्ने हुन्छ । यो भयंकर अफ्ठ्यारो काम तथा बाटो हो । त्यसो गर्न यस राजनीतिले जटिल (Complex) खालको कार्यदिशा, रणनीति र कार्यनीति अंगिकार गर्नु पर्ने हुन्छ ।

पहिचानको राजनीतिका चुनौतिहरु

विश्व राजनीतिमा प्रत्यक्ष या अप्रत्यक्षरुपमा, खुलेर स्पष्टरुपमा या बाहिरी आवरणले ढाकेर पहिचानको राजनीति बिरुद्ध अन्य विभिन्न खाले राजनीति धार छुट्टिदै गईरहेको स्थिति छ ।

विभिन्न देशमा यो विभिन्न्ररुपमा अभिव्यक्त भईआएको छ । नेपालको सन्दर्भमा पहिचानको राजनीति एकातिर र उपनिवेशलाई मलजल गर्ने अन्य विभिन्न बिचार तथा सिद्धान्त बाहक राजनीति अर्कोतिर भएर दुई धारमा छट्टिरहेको अवस्था छ ।

अहिलेसम्म देखिएका बर्चस्पशाली राजनीतिक दलहरु नेपालका जनसमुदायमाथी उपनिवेश कायम गर्ने दलहरुकोरुपमा देखिएका छन । तिनीहरुबाट आम जनतालाई छुटाउन ठुलै चुनौति छ ।

अहिलेसम्म पहिचानलाई स्पष्टरुपमा अभिव्यक्त गर्न सकिएको थिएन भन्दा बढी हुदैन होला ।

त्यसमाथी पहिचानको राजनीति भनेको के हो भन्ने आम जनसमुदायले बुझिरहेको अवस्था थिएन ।

पहिचानलाई जातिय र साम्प्रदायिक राजनीतिकोरुपमा बुझ्ने र बुझाउने काम विभिन्न व्यक्ति तथा राजनीतिक दलहरुले गरिरहेको अवस्था रहेको थियो र छ ।

अहिले पनि त्यसको प्रभाव रहिरहेको अवस्थामा आम जनसमुदायलाई पहिचानको राजनीतिलाई स्पष्ट गर्न चुनौति रहेको छ ।

पहिचान र पहिचानको राजनीति गर्ने व्यक्ति तथा राजनीतिक दलहरु यो बेलासम्म बिभाजित अवस्थामा रहेका छन ।

एकातिर बिचार र सिद्धान्त पहिचान बिरोधी भएका राजनीतिक दलका समर्थक, सदस्य तथा कार्यकर्ताहरु पनि पहिचानको पक्षधर रहेको बताईरहेको अवस्था थियो र अझै पनि रहिरहेको अवस्था छ भने अर्कोतिर पहिचानको राजनीति गर्ने व्यक्ति तथा दलहरु पनि पहिचानको राजनीतिको गलत बुझाईबाट आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थका कारण परस्परमा नमिलिरहेको र अलग अलगरुपमा चलिरहेको अवस्था रहेको छ ।

एउटै बिचार, सिद्धान्त तथा एउटै गन्तव्य, लक्ष र उदेश्य प्राप्त गर्न काम गरिरहेका समुह तथा मानिसहरुले भिन्न भिन्न झुण्ड बनाउनु भनेको व्यक्ति तथा समुहगत स्वार्थ भन्दा अरु केही हुदैन ।

त्यसैले, यतिखेर पहिचानको राजनीति गर्ने सबै शक्ति तथा मानिसहरुलाई एक ठाउमा ल्याउनु ठुलै चुनौति छ ।

अगाडीको बाटो

अबको पहिचानको राजनीतिले (१) विभिन्न राजनीतिक दलहरुमा रहेको पहिचान पक्षधरहरुलार्य एकताबद्ध र एकजुट बनाएर लैजानु पर्दछ ।

(२) यस पहिचानको राजनीतिले पहिचानको नाममा गोलबन्द भएका विभिन्न दल तथा दलका मानिसहरुलाई पहिचानको एउटै झण्डामुनी गोलबन्द गर्नु पर्दछ ।

(३) यस राजनीतिका जस्ता सुकै अफ्ठयारा र चुनौतिहरुलाई सामना गरेर जानु पर्दछ ।

(साझा चासाे डटकमबाट साभार)

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...