दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

 लिम्बुवान न्युज
                       


झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि साहित्यकार चुडामणि बशिष्ठ, विशेष अतिथिहरु र लेखक हेम अधिकारीले संयुक्त रुपमा तीन कृति एकैसाथ विमोचन भयो ।
प्रमुख अतिथि चुडामणिले नेपाली भाषा साहित्यको महत्त्व बारे पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्दै जानुपर्ने, भाषा साहित्यतर्फ आकर्षण बढाउनुपर्ने तर्फ जोड दिदै साहित्यकार हेम अधिकारीका यी तीन कृति सबल र सक्षम रहेकोमा जोड दिनु भयो ।

साहित्यकार डा.गंगाप्रसाद अधिकारीले “जीवनका गौडा गल्छेडाहरु” तर्फ टिप्पणी गर्दै कृतिले आंचलिकतामा अडिएर लोपउन्मुख हाम्रा रितिरिवाज स्थानहरुको बारेमा उठान गरेको बताउदै कृतिले नौलो र छुट्टै पहिचान हासिल गर्न सकेकोमा बधाई समेत दिनु भयो ।

उत्तरी ध्रुवतिर टहलिँदा कृति माथी टिप्पणी गर्दै साहित्यकार यज्ञ परिश्रमीले विकास भएमा नारा पनि बिक्ने रहेछ । वास्तविकता र यथार्थ ओझेलमा रहेकोे धरातलमा सुन्दरताको बयान पुस्तक भित्र पाइने तर्क उठाउनु भयो । नेपाल भौगोलिक रूपमा विश्वकै सुन्दर देश भएर पनि विकासका कारण नेपाल भन्दा कम सुन्दर देशहरू अगाडि छन् । उनीहरुको भौगोलिक सौन्दर्य विज्ञापनमा बाचिरहेको यथार्थ पुस्तकभित्र पाइन्छ भन्दै परिश्रमीले लेखकको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा बाल कवि प्रियतम रिजाल ,कवि देविचरण भण्डारी, साहित्यकार खगिन्द्रा खुसीले लेखकका सिर्जना÷ कविता र गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप रोमाञ्च बनाएका थिए ।

लेखकको तर्फबाट उहाँकै जेष्ठी सुपुत्री तुलसा अधिकारीले बोल्दै बुवाको लेखन र मेहनतबाट प्रभावित भएको र यसमा आमाको भुमिकाको पनि चर्चा गर्नु भयो । बुबाले समय नपाएर कृति निकाल्न समयमा नसकेको र भावुक हुँदै तुलसाले थप्नु भयो अव उहाका कृतिहरु धमाधम बाहिरिने जानकारी समेत दिनु भयो।

बिन्दु दहाल मूकदर्शकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ८० भन्दा बढी साहित्यकारहरुको उपस्थितिमा देवीचरण भण्डारी, पुन्यप्रसाद खरेल , राजेन्द्र संग्रौला, तिला लेकाली लगायतका स्रष्टाहरुले लेखकलाई बधाई शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको अन्त्यमा खाजा नास्ता सहित सहभागीहरुलाई मायाको चिनो स्वरुप लेखकले बिमोचित कृतिहरु हस्तान्तरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...